Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

वरिष्ठ काँग्रेस नेता तथा पूर्व विधायक संजय राज सुब्बाको निधन, गोर्खा समाज शोकमा आग्सु अगोस लगायत अन्य संगठनलेगरे समवेदना व्यक्त ।

वरिष्ठ काँग्रेस नेता तथा पूर्व विधायक संजय राज सुब्बाको निधन, गोर्खा समाज शोकमा

 | Nelive24 Desk
गुवाहाटी: वरिष्ठ काँग्रेस नेता तथा नाउँबोइचा निर्वाचन क्षेत्रका दुई कार्यकालका पूर्व विधायक संजय राज सुब्बाको आज लालुक मोडल अस्पताल, लखीमपुर, असममा उच्च रक्तचापजन्य जटिलताका कारण निधन भएको पुष्टि भएको छ। उनी ६५ वर्षका थिए।

स्व. सुब्बा तेजपुरका पूर्व सांसद तथा तीन कार्यकालका जनप्रतिनिधि मणि कुमार सुब्बाका कान्छा भाइ हुन्। गोर्खा समुदायको पहिचानसहित राजनीतिक योगदान पुर्‍याउँदै आएका सुब्बाले २००६ देखि २०१६ सम्म काँग्रेसका तर्फबाट नाउँबोइचा विधानसभा क्षेत्र प्रतिनिधित्व गरेका थिए।

उहाँले २००६ को चुनावमा सुलतान सादिकलाई पराजित गर्दै विधायक बनेका थिए भने २०१६ मा ममुन इम्दादुल हक चौधरीबाट पराजित हुनुपरेको थियो। एक जनप्रीय जनप्रतिनिधि, सामाजिक सरोकार र गोर्खा अधिकारका मुद्दामा दृढ आवाजका रूपमा उहाँ चिनिनुहुन्थ्यो।

काँग्रेस, गोर्खा र लिम्बू समाज शोकमा

सुब्बाको असामयिक निधनले काँग्रेस पार्टी, गोर्खा समुदाय र लिम्बू समाजमा शोकको लहर फैलिएको छ। असम गोर्खा सम्मेलन सभापति कृष्णा, अखिल असम गोर्खा छात्र संघ ,असम नेपाली साहित्य सभा लगायत भारतीय गोर्खा परिसंघ, असम राज्यका अध्यक्ष अमर अधिकारीले पनि श्रद्धाञ्जली व्यक्त गर्दै सुब्बा परिवारप्रति गहिरो समवेदना प्रकट गरे।
त्यसैगरी, गोर्खा उन्नयन परिषद् (GDC) का अध्यक्ष प्रेम तमाङ,  गोर्खा नागरिक समाजका विभिन्न नेताहरू, र लिम्बू महासभा, असमका अध्यक्ष लखी खापुङ लिम्बूले पनि शोक सन्देश जारी गर्दै स्व. सुब्बाको निधनलाई समुदायका लागि गम्भीर क्षति भनेका छन्।

लिम्बू परम्परा अनुसार लखी खापुङ लिम्बूले एक वक्तव्यमा भने, “संजय राज सुब्बा आज दिवंगत हुनु भयो। म प्रार्थना गर्दछु कि हाम्रा पितृहरूले उहाँलाई आफ्नो सन्तानको रूपमा स्वीकार गरून्।”

अन्त्येष्टिमा जनसाधारणको भीड हुने अपेक्षा

स्व. संजय राज सुब्बाको अन्त्येष्टि तयारी भइरहेको छ। काँग्रेस कार्यकर्ता, समर्थक, स्थानिय नागरिक र गोर्खा समाजका अगुवाहरू उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न उपस्थित हुने अपेक्षा गरिएको छ।

उहाँको जनसेवा, समर्पण र गोर्खा समाजप्रतिको योगदानलाई सधैं सम्झिनेछ।
---
📰 [Follow us on Facebook, Instagram & YouTube @nelive24]
📌 Stay updated with the latest news across Assam and the Gorkha community.

Post a Comment

Previous Post Next Post