Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

AAGSU द्वारा ३ विशिष्ट गोर्खा व्यक्तित्वलाई "स्मृति सेवा सम्मान" – २२ जुनमा विशेष समारोह

AAGSU द्वारा ३ विशिष्ट गोर्खा व्यक्तित्वलाई "स्मृति सेवा सम्मान" – २२ जुनमा विशेष समारोह

📍 गुवाहाटी, १७ जुन २०२५ | रिपोर्ट – NELIVE24 डेस्क

अखिल असम गोर्खा छात्र संघ (AAGSU) ले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका तीन जना विशिष्ट गोर्खा व्यक्तित्वहरूलाई यस वर्षको "स्मृति सेवा सम्मान २०२५" प्रदान गर्ने घोषणा गरेको छ।

AAGSU का दिवंगत पूर्व अध्यक्षहरूका नाममा स्थापना गरिएका यी सम्मानहरू आगामी २२ जुन गुवाहाटीमा आयोजना हुने विशेष “अभिनन्दन तथा सम्मान समारोह” मा प्रदान गरिनेछ।

 सम्मान प्राप्तकर्ताहरू र विधा:

१. Socio-political क्षेत्र:
"स्व. तोयानाथ दहाल स्मृति सेवा सम्मान"
 प्राप्तकर्ता: श्रीमान् पदम बहादुर चौहान

२. Arts / Literature / Music क्षेत्र:
"स्व. चूडामणि शर्मा स्मृति सेवा सम्मान"
 प्राप्तकर्ता: श्रीमान् युद्बवीर राणा

३. Education / Sports क्षेत्र:
"स्व. राम चरण चौहान स्मृति सेवा सम्मान"
 प्राप्तकर्ता: श्रीमान् बाबुल गुरुङ


AAGSU का अध्यक्ष सुनिल छेत्री र मुलसचिव नुमल छेत्री द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, सम्मानित व्यक्तिहरूले आ–आफ्नो क्षेत्रको विकासमा निरन्तर समर्पित रहँदै गोर्खा समाजलाई गौरवान्वित बनाउँदै आएका छन्।
संघका अनुसार, स्मृति सेवा सम्मानले समाजका भावी पुस्तालाई प्रेरित गर्नेछ र स्व. नेताहरूको योगदानको स्मरण गराउँदै यस्ता सम्मान कार्यक्रमलाई वार्षिक रूपमा निरन्तरता दिइनेछ।

🔹 कार्यक्रमको सम्पूर्ण संयोजन AAGSU केन्द्रीय कार्यसमिति द्वारा गरिनेछ।

Post a Comment

Previous Post Next Post