Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कार २०२६ देखि सुरु, हरेक वर्ष १४ जुनमा घोषणा

इन्द्रेनी प्रकाशनद्वारा ‘तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कार’ २०२६ देखि सुरु हुने घोषणा

📅 गुवाहाटी, १६ जुन २०२५ | विशेष प्रतिनिधि, Nelive24

नेपाली भाषा र साहित्यको सेवा गर्दै आएको इन्द्रेनी प्रकाशन, असमले असमका प्रतिष्ठित साहित्यकार तथा नेपाली भाषा मान्यता आन्दोलनका अग्रणी नेता प्रयात तारापति उपाध्यायको नाममा राष्ट्रिय निबन्ध पुरस्कार सुरु गर्ने घोषणा गरेको छ।

हिजो सम्पन्न एक विशेष अनलाइन कार्यक्रममा यो महत्वपूर्ण निर्णय सार्वजनिक गरियो। कार्यक्रमको उद्घाटन **असम नेपाली साहित्य सभा (BTR क्षेत्र)**का पूर्व अध्यक्ष गायत्री भट्टराईले गर्नुभएको थियो। उपाध्यायको प्रतिकृतिमा माल्यार्पण उहाँकी बुहारी तथा कवि दुलुमणि उपाध्यायले गर्नुभएको थियो।

कार्यक्रममा असमका चर्चित समालोचक रुद्र बरालले उपाध्यायको साहित्यिक योगदानबारे विश्लेषण गर्दै उनको २५ वटा कृति र अनुवाद कार्य नेपाली, असमिया र अंग्रेजी भाषामा भएको जानकारी दिए। गुवाहाटी विश्वविद्यालयका प्राध्यापक डा. खगेन शर्माले उपाध्यायको सामाजिक योगदान र भाषा आन्दोलनमा निभाएको भूमिकालाई स्मरण गरे।
यस अवसरमा कवि-लेखिका इन्दिरा गौतमले तारापति उपाध्यायमाथि लेखिएको कविता वाचन गरेकी थिइन्।

📚 पुरस्कारको स्वरूप
इन्द्रेनी प्रकाशनका अनुसार ‘तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कार’ हरेक वर्ष १४ जुन, अर्थात् उपाध्यायको जन्मजयन्तीको अवसरमा घोषणा गरिने छ भने पुरस्कार वितरण कार्यक्रम जुलाई महिनामा गरिने छ।

पुरस्कारप्राप्त व्यक्तित्वलाई:
एक स्मारक (मेमेन्टो)
अङ्गवस्त्र
२५,००० नगद राशी
पाँच हजार रुपैयाँभन्दा बढी मूल्यको पुस्तकसहितको एक बिशेष साहित्यिक झोला
यातायात खर्च
समेत प्रदान गरिने छ।
साथै, हरेक वर्ष पुरस्कार समारोहमा उपाध्यायको जीवन र योगदानमाथि केन्द्रित एक विशेष व्याख्यान पनि आयोजना गरिने प्रकाशन संस्थाले जनाएको छ।

उपाध्यायको योगदान
तारापति उपाध्याय बहुभाषी साहित्यकार थिए जसले नेपाली, असमिया र अंग्रेजी भाषामा साहित्य सृजना र अनुवाद गरेका थिए। सन् २०१० मा उनले बङ्किमचन्द्र चट्टोपाध्यायको 'आनन्दमठ' उपन्यासको नेपाली अनुवाद गरेबापत साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गरेका थिए।
उनी उदालगुड़ी उच्चतर माध्यमिक विद्यालयका पूर्व अध्यक्ष समेत रहनुभएको थियो र असममा नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउने आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका थिए।

Post a Comment

Previous Post Next Post