Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
नदुवार गोर्खा युवा मञ्चद्वारा ५०० कृतिशील छात्रछात्रालाई सम्मान
✍️ जमुगुड़ीहाट, ३० मे (प्रे. तिवारी)|nelive24 : नदुवार गोर्खा युवा मञ्चको आयोजनामा शुक्रबार टुपीया स्थित रंगाचकुवा सामूहिक भवनमा एक विशेष सम्मान कार्यक्रम सम्पन्न भयो। हालै सम्पन्न उच्च तथा उच्चतर माध्यमिक परीक्षामा सफलतापूर्वक उत्तीर्ण भएका ५०० जना कृतिशील छात्रछात्रालाई गोर्खा टोपी, फुलाम गामुसा, सम्मानपत्र तथा एक–एकवटा बिरुवा प्रदान गरी सम्मान गरिएको हो।
समारोहको अध्यक्षता नदुवार गोर्खा समाजका अध्यक्ष तथा अवकाशप्राप्त शिक्षक मति कुमार नेवारले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालनामा नदुवार गोर्खा समाजका सचिव सञ्जय शर्माज्यु हुनु हुन्थो।
कार्यक्रममा असम नेपाली साहित्य सभाका अध्यक्ष तथा विश्वनाथ महाविद्यालयका अध्यक्ष डा. चिन्तामणि शर्माले विशेष मन्तव्य दिनुभएको थियो। उहाँले शिक्षा र सामाजिक उत्तरदायित्वबारे छात्रछात्रालाई प्रेरणा दिने अभिव्यक्ति दिनुभयो। त्यसैगरी त्यागवीर हेमबरुवा महाविद्यालयका अवकाशप्राप्त अध्यक्ष जीवन बोरालगायतले पनि कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।
कार्यक्रमका मुख्य अतिथि नदुवा विधानसभा समष्टि विधायक पद्म हजारिकाले छात्रछात्रालाई देशको भविष्यको रूपमा वर्णन गर्दै उहाँहरूको सफलता समाजका लागि गर्वको विषय भएको बताउनु हुन्छ। सम्मानसहित बिरुवा वितरणको प्रतीकात्मक अर्थलाई स्पष्ट पार्दै विधायक हजारिकाले शिक्षा, संस्कार र वातावरणीय चेतनाको समिश्रण आवश्यक रहेको उल्लेख गर्नुभयो।
विशिष्ट अतिथिको रूपमा नदुवार गोर्खा सांस्कृतिक गोष्ठिका सल्लाहकार क्षेमराज छेत्री, धनपति काफ्ले तथा स्थानीय सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा छात्रछात्राले प्रस्तुत गरेका गीत, नृत्य र सांस्कृतिक प्रस्तुतीले सभाको वातावरण उल्लासपूर्ण बनाएको थियो।
समारोहमा छात्रछात्राका अभिभावक, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो।
Post a Comment