BGT की प्रतिभा बिनिता छेत्रीको क्षेत्रीय सरकारको प्रमुख तुलिराम रोङहाङ्ग संग भेट
विश्वप्रसिद्ध रियालिटी मल्टि ट्यालेन्ट शो ब्रिटेन्स गट ट्यालेन्ट (BGT) मा एशियाबाट तथा भारतबाट पहिलो पटक पोडियम फिनिश गर्ने प्रतिभाशाली ९ वर्षीया बालिका बिनिता क्षेत्रीले बिहीबार साँझ कार्बी आङ्लोङ स्वायत्त परिषद् (KAAC) का प्रमुख कार्यकारी सदस्य (CEM) डा. तुलिराम रोङहाङ्ग सँग दिफुमा शिष्टाचार भेट गरिन।
उक्त प्रतिनिधिमण्डलको नेतृत्व भारतीय गोर्खा परिसंघ, कार्बी आङ्लोङ क्षेत्रीय समितिका अध्यक्ष श्री विष्णु अर्जेलले गर्नुभएको थियो। बिनिता संगै उनका बुबा अमर क्षेत्री, आमा नितु छेत्री, फुफु सुश्री अमृता छेत्री तथा विभिन्न गोर्खा नागरिक समाज संगठन (CSO) का प्रतिनिधिहरू पनि उपस्थित थिए।
Post a Comment