Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

सिक्किम राज्य गठनको स्वर्ण जयन्ती अवसरमा स्मारक डाक टिकट सार्वजनिक

सिक्किम राज्य गठनको स्वर्ण जयन्ती अवसरमा स्मारक डाक टिकट सार्वजनिक

📍गंगटोक | नन्द किराती देवान | Nelive24

सिक्किमको राज्य गठनको ५०औं वार्षिकोत्सवको अवसरमा हिजो एक ऐतिहासिक उपलब्धिका रुपमा स्मारक डाक टिकट र “फर्स्ट डे कभर” सार्वजनिक गरिएको छ। कार्यक्रम माननीय राज्यपाल श्री ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह गोलेको संयुक्त उपस्थितिमा सम्पन्न भयो।

₹५.०० मूल्यको यो आकर्षक स्मारक डाक टिकट इन्डिया पोस्टद्वारा जारी गरिएको हो। टिकटमा सिक्किमको नक्सा समावेश गरिएको छ, जहाँ राज्यको समृद्ध सांस्कृतिक सम्पदा, जीवन्त कृषि क्षेत्र, र अनुपम प्राकृतिक सौन्दर्यलाई कलात्मक ढंगले चित्रण गरिएको छ।

सिक्किमको विविधता, विकास र भारतीय संघभित्रको अद्वितीय पहिचानलाई सम्मानस्वरूप समर्पित गरिएको यो टिकटले सम्पूर्ण राज्यवासीमा गर्वको अनुभूति गराएको छ। सिक्किम फिलाटेलिक सोसाइटीको तर्फबाट राष्ट्रिय सम्मान प्राप्त फिलाटेइस्त शितल प्रधानले यो ऐतिहासिक क्षणप्रति गर्व र उत्साह व्यक्त गर्दै सिक्किमको गौरवमयी यात्रा स्मरणीय बनेको बताउनुभयो।

📌 थप जानकारीको लागि Nelive24 सँगै रहनुहोस्।


Post a Comment

Previous Post Next Post