BTC निर्वाचनको लागि तयार भाजपा एकलै चुनाव लड्ने तयारी।
उदालगुड़ी, मे २६ — बोडोल्यान्ड प्रादेशिक परिषद् (BTC) निर्वाचनको सन्दर्भमा भारतीय जनता पार्टी (भाजपा) सक्रिय रूपमा तयारीमा जुटेको छ। मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले पार्टीले एकलै चुनावमा सहभागी हुने कुरा घोषणा गरेपछि भाजपाले राजनीतिक गतिविधि तीव्र बनाइएको छ।
मुख्यमन्त्रीको निर्देशनअनुसार असम सरकारका मन्त्री पिजुश हजारिका र भाजपा असम प्रदेशका वरिष्ठ नेता पल्लव लोचन दास दुई दिवसीय भ्रमण कार्यक्रम लिएर आज ओदालगुडीमा उपस्थित भएका छन्। भ्रमणको पहिलो दिनमा मन्त्री हजारिकाको उपस्थितिमा उदालगुड़ी जिल्ला भाजपा कार्यालयमा एक विशेष सांगठनिक सभा सम्पन्न भयो। सो सभामा जिल्ला स्तरीय पदाधिकारी, मण्डल अध्यक्षहरू तथा बुथस्तरका कार्यकर्ताहरू सहभागी थिए। आगामी BTC निर्वाचनलाई मध्यनजर गर्दै सांगठनिक रणनीतिबारे व्यापक छलफल गरिएको कुरा प्राप्त भएको छ।
यसैक्रममा, भोलि ओदालगुडीको विष्णु राभा कला-कृष्टि केन्द्रमा भाजपा द्वारा एक भव्य कार्यकर्ता भेला तथा प्रवेश समारोह (joining ceremony) को आयोजना गरिएको छ। सो अवसरमा भाजपा असम प्रदेशका अध्यक्ष दिलीप सैकिया प्रमुख अतिथि रहने छन्।
ओदालगुडी बाट
रितिकेश उपाध्याय।
Post a Comment