Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

गौरव गोगोई असम प्रदेश काँग्रेस समितिको अध्यक्ष नियुक्त

गौरव गोगोई असम प्रदेश काँग्रेस समितिको अध्यक्ष नियुक्त

नन्द किराती देवान 

गुवाहाटी असम : २०२६ को असम विधानसभा निर्वाचनको तयारी स्वरूप, भारतीय राष्ट्रिय काँग्रेसले २०२५ मे २६ मा लोकसभा सांसद गौरव गोगोईलाई असम प्रदेश काँग्रेस समितिको (APCC) नयाँ अध्यक्षको रूपमा नियुक्त गरेको छ। उनी भूपेन कुमार बोहरा सट्टा अध्यक्ष बनेका हुन्।

गोगोईसँगै, पार्टीले जाकिर हुसेन सिकदार, रोजेलिना तिर्की र प्रदीप सरकारलाई कार्यकारी अध्यक्षहरूको रूपमा नियुक्त गरेको छ। वर्तमानमा लोकसभामा काँग्रेसको उपनेता रहेका गोगोई, पूर्व मुख्यमन्त्री तरुण गोगोईका सुपुत्र हुन् र पार्टीको चुनावी अभियानको नेतृत्व गर्ने तथा सम्भावित मुख्यमन्त्रीको अनुहारका रूपमा अगाडि ल्याइने अपेक्षा गरिएको छ। काँग्रेसले आसन्न निर्वाचनका लागि विभिन्न समितिहरूको गठन पनि गरेको छ: अभियान समिति: भूपेन कुमार बोहरा (अध्यक्ष), समन्वय समिति: देबब्रत सैकिया (अध्यक्ष), घोषणापत्र समिति: सांसद प्रद्युत बोरदोलोई (अध्यक्ष), प्रचार समिति: सांसद रकिबुल हुसैन (अध्यक्ष) ।

AICC का महासचिव के.सी. वेणुगोपालले जारी गरेको औपचारिक विज्ञप्तिमा पूर्वअध्यक्ष भूपेन कुमार बोहराको योगदानको सराहना गर्दै रोजेलिना तिर्कीलाई AICC सचिवको भूमिकाबाट मुक्त गरिएको उल्लेख गरिएको छ । यी नियुक्तिहरू मार्फत काँग्रेसले आगामी निर्वाचनमा भाजपा नेतृत्वको दुई कार्यकालको शासनलाई चुनौती दिन असममा नयाँ संगठनात्मक सक्रियताको संकेत दिएको छ।

सभापति नियुक्ति भए पश्चात यस संवादाता संग छोटो कुरा कानी मा गौरव गोगोई भन्नु हुन्छ गोर्खा जातिलाई कांग्रेसले सदैनै अँगालेर सही सम्मान दी आएको छ र हामी सरकारमा आए पछि पुनः गोर्खा स्वायत्त साशन गठनको हाम्रो प्रतिबद्धता माथि काम गरने लागि नै प्रदेश कांग्रेस समितिले गोर्खा कोष गठन गरेर जिल्ला स्तर सम्म नेतृत्व चयन गरेर पार्टी संग जोडेर जामत तयार गर्दै छौ।  सभापति नियुक्त भए  पछि पहिलो प्रतिक्रिया यस प्रकार थियो
'म भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष माननीय मल्लिकार्जुन खड्गेज्यू, लोकसभाका माननीय विपक्षी नेता राहुल गान्धीज्यू, माननीय संगठन महामन्त्री के.सी. वेणुगोपालज्यू र महामन्त्री जितेन्द्र सिंहज्यूप्रति मलाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पिनुभएकोमा विशेष कृतज्ञता प्रकट गर्दछु। असम प्रदेश कांग्रेस समितिका माननीय पूर्वअध्यक्ष भूपेन कुमार बोहराज्यूले पार्टीलाई अग्रपंक्तिबाट नेतृत्व गर्दै महत्वपूर्ण योगदान दिनुभएको छ।।मेरो पित स्वर्गीय तरुण गोगोइ माता श्रीमती दोली गाेगोई जीवनको पथप्रदर्शक, र विशेष गरी श्रीमती तथा सन्तानहरूको सहयोगबिना म आजको यस चरणसम्म आइपुग्न सक्दिनथे।

वहाँ  थप्नु हुन्छ, 'असम कांग्रेस पार्टीका समर्पित र प्रेरणादायक वरिष्ठ नेतागण एवं कार्यकर्ताहरूसँग काम गर्न पाउनु मेरो लागि एक आशीर्वाद हो। उहाँहरूको ज्ञान, अनुभव र पार्टीप्रतिको समर्पणबाट मैले धेरै कुरा सिक्ने मौका पाएको छु। म मेरा वरिष्ठ र सहकर्मीहरूसँग मिलेर काम गर्न अत्यन्त उत्साहित छु। आगामी दिनहरूमा म सम्पूर्ण असमवासीको आशीर्वादको कामना गर्दछु। मलाई विश्वास छ, हामी सबै मिलेर हाम्रो राज्यको लागि उज्ज्वल भविष्य निर्माण गर्न सक्छौं। जयतु जननी असम। जय हिन्द।'

Post a Comment

Previous Post Next Post