Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

भारतको नक्साबाट सिक्किम हटाउनु गम्भीर लापरबाही : मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)

भारतको नक्साबाट सिक्किम हटाउनु गम्भीर लापरबाही : मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)

गान्तोक: सिक्किमका माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ (गोले)ले राष्ट्रिय अङ्ग्रेजी दैनिक The Hindu ले १३ मे २०२५ मा प्रकाशित भारतको नक्साबाट सिक्किम राज्यलाई हटाएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै उक्त कार्यको कडा निन्दा गर्नुभएको छ।

मुख्यमन्त्रीको वक्तव्यमा उल्लेख गरिएको छ कि यो कुनै सामान्य त्रुटि नभई, राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि गम्भीर आघात पुर्‍याउने लापरबाही हो।

"सिक्किम भारतको अभिन्न अंग हो, र यसको संवैधानिक पहिचान भारतीय संविधानको धारा ३७१(एफ) अन्तर्गत सुनिश्चित गरिएको छ," मुख्यमन्त्री तामाङले भन्नुभयो।
राज्य स्थापना दिवसको ५०औं वर्षगाँठ मनाइरहेको यस ऐतिहासिक समयमा यस्तो लापरवाहीले सम्पूर्ण सिक्किमवासीलाई चोट पुर्‍याएको बताउँदै उहाँले The Hindu लगायत सम्पूर्ण सञ्चारमाध्यमहरूलाई राष्ट्रको सही, संवेदनशील र सम्मानजनक प्रतिनिधित्व गर्न आग्रह गर्नुभयो।

Post a Comment

Previous Post Next Post