भारतीय गोर्खा परिसंघ कामरूप मेट्रो जिल्ला समिति पुनर्गठन, अध्यक्षमा जगदीश गहतराज र मूलसचिवमा श्रीमतीदुर्गा थापा चयन
गुवाहाटी, असम : भारतीय गोर्खा परिसंघ को कामरूप मेट्रो जिल्ला समितिको पुनर्गठन विशेष परिषद् बैठकमार्फत् भा गो प प्रदेश कार्यालय हरि प्रसाद ‘गोर्खा’ राई भवन, देवकोटनगर, मालीगाँव गुवाहाटीमा आईतबार सम्पन्न भयो। बैठकमा श्री जगदीश गहतराज सर्वसम्मत रूपमा अध्यक्ष र श्रीमती दुर्गा थापा मूलसचिवमा चयन गरि एक दर्विलो जिल्ला समिति गठन गरिन्छ।
कार्यक्रमको अध्यक्षता निवर्तमान समिति अध्यक्ष अमर लामा र समन्वय निवर्तमान मूलसचिव सन्तोष क्षेत्रीले गर्नुभएको थियो। विशेष अधिवेशनको सुरुमा परिसंघको झण्डोत्तोलन, गोर्खा जागरण गीत गाइयो, सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो र कार्यालय परिसरमा वातावरणमैत्री सन्देश स्वरूप बिरुवा रोपियो।
भा गो प असम राज्य समितिका प्रदेश मुल सचिव नन्द किराती देवान मुख्य वक्ताका रूपमा उपस्थित भइ २५ वर्षदेखि भारतीय गोर्खा परिसंघले देशभरि पुर्याएको योगदान र उपलब्धि बारे सदन लाई जानकारी साझा गर्नुभो। विशेष रूपमा असमको राष्ट्रिय पर्याय मा रहेको योगदान उल्लेख गर्दै कामरूप जिल्ला समितिको ऐतिहासिक कार्यहरु बारे सम्बोधन गर्नुभयो। उहाँले गुवाहाटीका गोर्खाहरूको सक्रिय भूमिकाले अमर अधिकारी जस्ता निष्ठावान कर्मठ नेतृत्व उत्पादन गरेको स्मरण गर्दै वर्तमानमा उहाँकै अध्यक्षतामा असम राज्य समिति अगाडि बढिरहेको जानकारी दिनुभयो।
अर्को एउटा सत्रमा नन्द किराती देवान ले ‘विषयको छनोट, पेशा चयन र क्षमता उपयोग’ विषयमा मालीगाँव क्षेत्रका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभयो। उक्त सत्र स्थानिय शिलादेवी मन्दिर परिचालन समितिको सहकार्यमा आयोजना गरिएको थियो। सो अवसरमा HSLC र HS परीक्षामा सफल भएका ३६ जना विद्यार्थीहरूलाई विशेष रूपमा सम्मान गरि क्यारियर चयन सम्बन्धी सत्र राखिएको थियो।
कार्यक्रममा वरिष्ठ साहित्यकार एवं असम नेपाली साहित्य सभा (ANSS) का पूर्व अध्यक्ष नव सापकोटा, राष्ट्रिय पुरस्कारप्राप्त शिक्षिका मुनि सापकोटा, शिलादेवी मन्दिर परिचालन समितिका मूलसचिव माधव खतिवडा, भगोप संग्रक्षक केश राज अधिकारी तथा भा गो प असम राज्य समितिका वरिष्ठ उपाध्यक्ष गोपाल शर्मा विशिष्ट अतिथिको रूपमा सहभागी हुनु भई कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।
नवनिर्वाचित समितिलाई औपचारिक रूपमा कार्यभार हस्तान्तरण गर्दै गोपनीयता शपथ ग्रहण गराइयो, जसले BGP कामरूप मेट्रो जिल्ला समितिको नयाँ यात्रा सुरु भएको संकेत गर्यो।
भा गो प कामरूप जिल्ला समितिको विशेष परिषद सभा लाई सम्बोधन गर्दै भारतीय गोर्खा परिसंघ असम राज्यका अध्यक्ष श्री अमर अधिकारीले भारतीय गोर्खा परिसंघ कामरूप जिल्ला समितिको नयाँ कार्यसमितिलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ उहाँले राष्ट्रव्यापी सामाजिक संगठनको राजधानीस्थित महत्त्वपूर्ण इकाइको रूपमा कामरूप जिल्ला समितिले राज्य मुख्यालयमा सक्रिय उपस्थिति जनाउनुपर्नेमा जोड दिनुभयो। यसै प्रकारले सबै जिल्ला समितिले तृणमूल संस्था संग सहकार्य गरेर कार्यक्रम समापदन गर्नु अनुरोध भो।
श्री अधिकारीले परिसंघको रजत जयन्ती वर्षमा प्रवेश गर्ने यस अवसरमा कामरूप समितिका संस्थापक सदस्यहरूको योगदान सम्झनुभयो र नयाँ कार्यसमितिलाई सो विरासतलाई सम्मानपूर्वक अघि बढाउन सुझाव दिनुभयो।
Post a Comment