Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

गोर्खा नारी सशक्तीकरणतर्फ नयाँ कदम: उदालगुड़ीमा मौरी पालन प्रशिक्षण तथा प्रमाणपत्र वितरण

गोर्खा नारी सशक्तीकरणतर्फ नयाँ कदम: उदालगुड़ीमा मौरी पालन प्रशिक्षण तथा प्रमाणपत्र वितरण

उदालगुड़ी, 29 जनवरी Nelive24– गोर्खा नारीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले असम गोर्खा सम्मेलन (AGS) महिला प्रकोष्ठ तथा Surrendered UGPO को संयुक्त प्रयासमा 20 जनवरीदेखि 26 जनवरीसम्म उदालगुड़ीको शुक्लाईमा मौरी पालन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। 27 जनवरीका दिन आयोजित विशेष समारोहमा 60 जना महिलाहरुलाई प्रमाणपत्र प्रदान गरियो।

यस कार्यक्रमलाई खादी ग्रामोद्योग विद्यालय (कुमारीकाटा), AGS महिला प्रकोष्ठ तथा Surrendered UGPO ले संयुक्त रूपमा आयोजना गरेका थिए। Surrendered UGPO को 3rd surrendered दिवस मनाउने अवसरमा आयोजना गरिएको यो कार्यक्रमले गोर्खा महिलाहरूलाई सशक्त बनाउने दिशामा महत्वपूर्ण योगदान दिएको छ।

समारोहमा खादी ग्रामोद्योग विद्यालयका प्रधानाध्यापक आनन्द सिंह, SUGPO का अध्यक्ष सुरेश घिमिरे, असम गोर्खा सम्मेलन उदालगुड़ी जिल्ला समितिका मूल सचिव भवेन छेत्री, सचिव संजीव छेत्री, महिला प्रकोष्ठ उदालगुड़ी जिल्ला समितिकी सभानेत्री अन्जु देवी, उपसभानेत्री नवनिता सापकोटा, कार्यकारी सभानेत्री तमन्ना शर्मा, सचिव तारा खड्का तथा अन्य पदाधिकारी एवं कार्यकर्ताहरू उपस्थित थिए।

यस अभियानअन्तर्गत महिलाहरूलाई मौरी पालनको अलावा Beauty Parlour प्रशिक्षण, आँखा शिविर, होटल म्यानेजमेन्ट, मोबाइल रिपेयरिङ, अग्निवीर ट्रेनिङ, Dairy Farming लगायतका विभिन्न सीपमूलक तालिमहरू प्रदान गरिँदैछ। आगामी ६ महिनाभित्र असमका विभिन्न क्षेत्रमा व्यापक रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै महिलाहरूलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउने लक्ष्य लिइएको छ।

 यो कार्यले गोर्खा महिलाहरूको आत्मनिर्भर भविष्यतर्फ नयाँ आशा बड़ाएको छ ‌।

Post a Comment

Previous Post Next Post