Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

असम गोर्खा सम्मेलनका मूल सचिव संजीव छेत्री पुनर्बहाली अगोसमा ।

असम गोर्खा सम्मेलनका मूल सचिव संजीव छेत्री पुनर्बहाली


Nelive24: गुवाहाटीको श्रीमन्त शंकरदेव कलाक्षेत्रमा सम्पन्न असम गोर्खा सम्मेलन (AGS) को २८औं साधारण परिषद्ले संगठनका मूल सचिव संजीव छेत्रीलाई पुनर्बहाली गर्ने ऐतिहासिक निर्णय गरेको छ। विगत केही महिनादेखि संगठनबाट बाहिर रहनुभएका छेत्रीलाई न्याय प्रदान गर्दै सम्मेलनले पुनः मूल सचिवको जिम्मेवारी सुम्पिएको हो।

सामाजिक सेवामा जीवन समर्पित गर्दै आउनुभएका छेत्री ज्यूले विभिन्न महत्त्वपूर्ण भूमिकामा रहेर गोर्खा जातिको सेवा गर्नुभएको छ। वहाँ अखिल असम गोर्खा छात्र संघ (AAGSU) का पूर्व मूल सचिव, गोर्खा स्वायत्त परिषद् माग समिति (GACDC) का प्रमुख सचिव, र असम गोर्खा सम्मेलनको सचिवजस्ता जिम्मेवारी सम्हाल्दै समुदायको हितमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ।

छेत्री ज्यूको पुनर्बहालीले असम गोर्खा सम्मेलनको न्यायप्रियता र पारदर्शितामा विश्वास बढाएको छ। साथै, यो निर्णयले गोर्खा सम्मेलन तथा गोर्खा समाजमा एकता र संगठनलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

Post a Comment

Previous Post Next Post