डिजिटल डेस्क, १४ सितम्बर: भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीहरुले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन्।
आजको दिन उखेलेको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ। सनातन धर्मावलम्बीहरुले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन्।
आज बुवाको मुख हेर्ने दिन पनि हो। आज बिहानै उठेर नुहाएर आफ्नो बुवालाई पुजेर मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान गर्ने गरिन्छ। बुवा नहुनेहरू बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन्।
असममा पनि गोर्खाहरूले आफ्नो बुवालाई पुजेर, बुवालाई मनपर्ने मिष्ठान्न खुवाई आज बुवाको मुख हेर्ने दिन पालन गर्दैछन्।
सबैमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना।
Post a Comment