Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

असम गोर्खा सम्मेलनका मूल सचिव सञ्जीव छेत्री IN कि OUT?


डिजिटल डेस्क, २७ अगस्त: असम गोर्खा सम्मेलन, केन्द्रीय समितिले जुन प्रकारले काम गर्दैछ, त्यसरीनै संस्थामा वितर्क र अन्तर्कलह पनि असमका जनतासामु छर्लङ्ग देखिदै आएको छ। चाहे त्यो मूल सचिवले सचिवलाई गरेको आक्रमण होस् या मूल सचिवले मूल सचिवलाई गर्न खोजेको आक्रमण किन नहोस।

                  त्यही क्रममा अगोसका मूल सचिव सञ्जीव छेत्रीले मूल सचिव राजु ढकाल माथि आक्रमण गर्न खोजेको र वाक तर्क भएको प्रसंग हाल चर्चाको विषय बनेको छ भने मूल सचिव राजु ढकालले संस्थाको अनुशासन समितिलाई दिएको आवेदन पछिनै तत्कालीन रूपमा ३ अगस्तको दिन सञ्जीव छेत्रीलाई अगोसको मूल सचिव पदबाट अनुसन्धान हुइन्झेलको लागि निलम्बित गर्यो अनुशासन समितिले। तर नाटकीय रूपमा गत २६ तारिखको दिन अनुशासन समितिले निलम्बित मूल सचिव सञ्जीव छेत्रीको निलम्बन प्रत्याहार गर्छ भने एउटा प्रतिवेदन अगोस केन्द्रीय समितिलाई प्रेरण गर्दछ।

                अनुशासन समितिको निलम्बन प्रत्याहार पछिनै सञ्जीव छेत्रीको समर्थनमा अखिल असम गोर्खा छात्र संघका पूर्व सभापति कृष्ण नेवारको सामाजिक सञ्जालमा एउटा पोष्ट देख्न पाइन्छ– "Tiger is back" भन्दै उनी उल्लेख गर्छन—

"प्रसंग: असम गोर्खा सम्मेलन, केन्द्रीय समितिको निर्वाचित मूल सचिव सञ्जीव छेत्रीको बलिष्ठ कण्ठलाई मेट्नु कोसिस गर्ने कतिपय तथाकथित नेतृत्वहरूको सपना चूर।
असम गोर्खा सम्मेलन, अनुसासन समितिको जम्मै सन्मानीय पदाधिकारीहरूलाई आन्तरिक धन्यवाद। भविष्यमा आगसको कुनै पनि निर्वाचित पदाधिकारीहरूलाई सञ्जीव छेत्री जस्तै आक्रोशमूलक सिद्धान्त गरी बलिको पाठा न पर्न आह्वान।
                      जय गोर्खा"
सामाजिक सञ्जालमा निलम्बन प्रत्याहारको धन्यवाद अभिनन्दन कार्यक्रम चलिरहेको सकिएको पनि थिएन् होला फेरि अगोस, केन्द्रीय समितिको पत्रचार हुन्छ सञ्जीव छेत्रीलाई अगोस, केन्द्रीय सभापति र मुख्य मूल सचिवको हस्ताक्षर गरिएको सूचनामा अभियुक्त शब्द प्रयोग गर्दै सञ्जीव छेत्रीलाई कुनै प्रकारको सभामा उपस्थित नरहने आदेश दिया जान्छ।

                  उल्लेखनीय छ, आज असम गोर्खा सम्मेलन, केन्द्रीय समिति सभा गुवाहाटीमा आह्वान गरिएको छ। अब एकातिर, निलम्बन प्रत्याहारको खुशी अर्कोतिर सभामा उपस्थित नहुने आदेशसहित सञ्जीव छेत्रीलाई अभियुक्तको उपमा!

                 अब प्रश्न चिन्ह खडा हुन्छ, के कृष्ण नेवारले भने जस्तै साँचै सञ्जीव छेत्रीलाई बलिको पाठो बनाइएको हो त? अनुशासन समितिको प्रतिवेदनमा के त्यस्तो विषय बस्तु छ, जस्ले गर्दा सञ्जीव छेत्री सभामा उपस्थित हुन पाउनै छैन्न? कतै आरोपको पुष्टि भएको हो क्याहो? अनुशासन समितिको हिसाबले अब सञ्जीव छेत्रीले अगोसको पूर्व मूल सचिवको परिचय पाउछन कि मूल सचिवको त्यो त आजको सभाले निर्णय लिन्छ अनि थाहा लाग्छ Tiger in भए कि Out !

Post a Comment

Previous Post Next Post