Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

साहित्यिक, अधिवक्ता तथा समाज संगठक निरु शर्मा पराजुली अब रहिनन् !

डिजिटल डेस्क, २७ अगस्त: एउटा दुखद समाचार! वरिष्ठ साहित्यिक, अधिवक्ता तथा समाज संगठक निरु शर्मा पराजुली अब रहिनन् !

थाहा लागे अनुसार, उनी विगत २० दिनदेखि मुम्बईमा चिकित्साधीन थिइन भने आज बिहान ३:५० बजे उनको निधन भएको हो।

वर्तमान असम नेपाली साहित्य सभा, केन्द्रीय समितिकी उप सभानेत्री निरु शर्मा पराजुली असम गोर्खा सम्मेलन, केन्द्रीय समितिकी पूर्व मूल सचिवा तथा असम लेखिका संस्थाकी पूर्व मूल सचिवा थिइन।

असमीया अनि नेपाली दुवै साहित्य क्षेत्रमा कलम चलाउने बरिष्ट साहित्यकार निरु शर्मा पराजुलीको असमायिक निधनमा सर्वत्र शोकको लहर छाएको छ भने असमका विभिन्न संघ संस्थाका नेतृत्वले पनि उनको निधनमा गहिरो शोक प्रकट गरेका छन्।

Post a Comment

Previous Post Next Post