Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

गोर्खाहरूलाई कार्बीआङलङमा भूमि अधिकारसहित 'विशेष सुरक्षित श्रेणी'को दावी समयको माग— भागोप

पश्चिम कार्बीआङलङ, २६ अगस्त २०३३:  भारतीय गोर्खा परिसंघ, पश्चिम कार्बी आङलङ तुम्प्रेङ्ग मुगासङमा भागोप कार्बी आङ्लङ् क्षेत्रीय समितिद्वारा आयोजित ७९ औं बलिदान दिवसको आम सभामा क्षेत्रीय समितिद्वारा कार्बी आङ्लङ् स्वायत शासित परिषद् (KAAC) का मुख्य कार्यकारी सदस्य (CEM) डा० तुलिराम रङ्गहाङ्ग समक्ष गोर्खाहरूको निम्ति भूमि अधिकार सहित 'विशेष सुरक्षित श्रेणी' को माग राख्यो। यस विषयमा अतिथि भागोप असम राज्य समितिका मूल सचिव नन्द किराती देवानले Assam Land and Revenue Regulation Act 1886 र च्याप्टर X मा गोर्खाहरु त्यसवेलाको नेपाली Graziers & Cultivators को रूपमा सुरक्षित श्रेणी मा राखिएको कुरा उल्लेख गर्नुभो अनि वर्तमान कारबि आङ्लङ् क्षेत्र मा पनि गोर्खा लाई सो सहुलियत अनि मर्यादा दिन आव्हान राखे।

विगत केही वर्षदेखि गोर्खा हरुले पनि पुस्तैनी जमीन हस्तान्तरण मा समस्या भोगी आएको विषय माथि भारतिय गोर्खा परिसंघले सङ्गठानिक कदम चाली रहेको थियो। 

सभामा मुख्य अतिथिको रूपमा उपस्थित KAAC का CEM ड. तुलिराम रोङहाङ आफ्नु अभिभाषण क्रममा ' गोर्खालाई विशेष सुरक्षित श्रेणीको मर्यादा प्रदान माथि हामी चर्चा गर्नु पर्नेछ र परिसंघका नेतृत्वसँग हामी बसेर यो विषय माथि आगामी दिन मा छलफल गर्ने आश्वासन दिए। वहाँ  भन्नु हुन्छ , ' भूमि हस्तान्तरणमा केही क्षणिक समस्या आएको हो तर यो दिर्घम्यादी हुँदैन। नयाँ पटकरण मा समय लाग्छ तर पुस्तैनी हस्तान्तरण गोर्खाहरू अघि पनि हुन्थियो अनि आगामी दिन मा पनि हुने छ।  सी ई एम ले गोर्खासँग कारवि जाति को समन्वयको साथमा उनको गृह समष्टि भएको लागि वहाँ लाई गोर्खा जनजीवन साहित्य संस्कृति धेर थोर थाहा भएको र नै तुमप्रेङ् मुङ्गासुङ्ग गोर्खा को नाम मा विभिन्न अनुष्ठान प्रतिष्ठान निर्माण भएको छ साथै भानु चोकमा भारतीय गोर्खा परिसंघको माँग अनुरूप एउटा ठूलो सालिक पनि निर्माण भएको छ । आज त्यही हामी सबैले महान शहीद प्रति श्रद्धाञ्जलि ज्ञापन गरियो ७९ अौं बलिदान दिवस पालन गरिरहेको छौ। 

भारतीय गोर्खा परिसंघ असम राज्यका मूल सचिव नन्द किराती देवान ज्यूले मलाई यो क्षेत्रमा कम से कम पनि दुई - तीन तल्ले फराकिलो गोर्खा परिसंघ भवन निर्माण हेतु अनुरोध राख्नुभो जसमा अत्याधुनिक सुविधा सहित म्युजियम , पुस्तकालय, कन्फरेन्स हल, इन्डोर खेल, होस्टेल आदि सबै गोर्खा संस्थाले व्यवहार गरेपनि करबि अङ्लङ क्षेत्रीय समिति भारतीय गोर्खा परिसंघ को कार्यालय हुने छ। 'यहाँ म आस्वस्थ गर्न चाहन्छु कि आउँदो ८० तम् बलिदान दिवस मा हामी यसलाई यहीँ उद्घाटन गरने छौं मात्र जमीन को व्यवस्था गरेर मेरो कार्यालय मा सम्पर्क गर्नु होस्।', रोङ्गहाङ्गले थपे।

स्वदेशलाई पराधीनबाट मुक्त गराउने स्वतन्त्रता आन्दोलनमा कैयौं वीर वीरङ्गानाहरूले आत्मबलिदान चढाएका थिए। तीमध्ये एक वीर योद्धा हून शहिद मेजर दुर्गा मल्ल। उनै महान आत्माको स्मरणमा आज भारतीय गोर्खा परिसंघ, भागोप कार्बिआङलङ क्षेत्रिय समितिको उद्योगमा " ७९औं बलिदान दिवस समारोह"  भानु चौक, मुगासङ प्रेक्षागृह  प्राङ्गणमा दिनभरीको कार्यसूची लिएर पालन गरियो बिहान ९ बजे परिसंघको झन्डा उत्तोलन भागोप कार्बि आङलङ क्षेत्रीय समितिको अध्यक्ष श्रीमान रन बहादुर रोका द्वारा सम्पन्न भएको साथै कार्यक्रम को श्रीगणेश हुन्छ। दोस्रो कार्यक्रम अमर शहीद मेजर दुर्गा मल्लको सालिगमा माल्यार्पण तथा पुष्पाञ्जलि र द्विप प्रज्वलन भारतीय गोर्खा परिसंघ,असम राज्य समितिका मुल सचिव  श्रीमान नन्द किराती देवानज्युको बाहुलीबाट हुन्छ।

दिउँसो आम सभा अघि हिन्दी भाषामा मेजर दुर्गा मल्लको नाटक मञ्चस्थ स्थानीय युवक रोशन अधिकारीको निर्देशन मा हुन्छ जसले माहोललाई देशभक्तिमा लीन गराउँछ। आम सभा भागोप कार्बिआङलङ क्षेत्रीय समितिको अध्यक्ष श्रीमान रन बहादुर रोकाज्युले सभापतिको आसन ग्रहण पछि परिसंघको ' गोर्खा जागरण गीतबाट एवं  मुल सचिव श्रीमान जिवन लामाज्युको स्वागत भाषणबाट आमसभा आरम्भ हुन्छ।

आम सभामा मुख्य अतिथीको रुपमा कार्बि आङलङ स्वायत्त शा: परिषदका सम्माननीय मुख्य कार्यवाही सदस्य  श्रीमान तुलिराम रङहाङ  उपस्थित हुनुभएको थियो भने दिफु जनजाति लोक सभा समष्टि का सांसद श्रीमान हरेन सिङ् बे र निर्दिष्ट वक्ताको रुपमा श्रीमान हरि अघिकारी, अति विशिष्ट अतिथि भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका मुलसचिव आदरणीय श्रीमान नन्द किराँती देवानज्यु, साथै आमन्त्रित अतिथिको रूपमा भगोप राष्ट्रिय परिषदका सदस्य तथा क्षेत्रीय उपाध्यक्ष श्रीमान विष्णु अर्जेल, असम राज्यका वरिष्ठ उपाध्यक्ष पुष्पजंग छेत्री, समाज राष्ट्रिय कार्यकारीणी सदस्य श्रीमान बलराम थापाज्यू , असम नेपाली साहित्य सभाका पश्चिम का जिल्लाका सभापति लीला निरौलाज्यू, कारबि, दिमासा, गारो, असम साहित्य सभा का जिल्ला नेतृत्व, स्थानीय मान्यजनहरू, विभिन्न जाति सम्प्रदाय संस्थाको नेतृत्व प्रतिनिधिगण उपस्थित थिए। खचाखच भरिएको पन्डालमा लगभग एक हजार पाँचसौ जनताको उपस्थिति रहेको थियो।

Post a Comment

Previous Post Next Post