कोक्राझार, ०३अगस्त: हालै गुवाहाटीको शिल्पग्राम प्रेक्षालयमा सम्पन्न 'संस्कृति संगम—२०२३' नामक नृत्य प्रतिस्पर्धाको जुनियर शाखामा दिपिका छेत्रीले सफलता हासिल गरेकीछिन्।
जानकारी अनुसार, बीटीआरको कोक्राझार जिल्ला अन्तर्गत पाटगाउँ निवासी कमल छेत्री र किरण छेत्रीकी ८ वर्षीय छोरी तथा सुमन मल्लद्वारा सञ्चालित कोक्राझार नटराज म्युजिक कलेजकी विद्यार्थी दिपीका छेत्रीले संस्कृति संगम—२०२३ नृत्य प्रतिस्पर्धाको जुनियर शाखामा आफ्नो आधुनिक नृत्य प्रस्तुतिले दोस्रो स्थान ओगटदै 'अन्तराष्ट्रिय नृत्य शिरोमणि सम्मान–२०२३' ले पुरस्कृत हुन सफल भएकी छिन् भने उनको शिक्षिका सुमन मल्लले पनि त्यस कार्यक्रममा 'अन्तर्राष्ट्रिय नृत्य शिरोमणि सम्मान' पाउन सक्षम भएकिछिन्।
उल्लेख छ, NEV EVENTS & ENTERTAINMENT PVT. LTD को आयोजनामा सम्पन्न उक्त नृत्य प्रतिस्पर्धा गुवाहाटीको शिल्पग्राम प्रेक्षालयमा गत् १६ जुलाईदेखि ३१ जुलाईसम्म चलेको थियो।
Post a Comment