Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

संस्कृति संगम—२०२३ नृत्य प्रतिस्पर्धा (जुनियर) मा दृष्टि गुरागाईंको सफलता


बाक्सा, ०२अगस्त: हालै गुवाहाटीको शिल्पग्राम प्रेक्षालयमा सम्पन्न 'संस्कृति संगम—२०२३' नामक नृत्य प्रतिस्पर्धाको जुनियर शाखामा दृष्टि गुरागाईंले सफलता हासिल गरेकीछिन्।

जानकारी अनुसार, बाक्सा जिल्ला अन्तर्गत निकासीको २ नं दुर्गापुर निवासी तथा निकासीको सुमन मल्लद्वारा सञ्चालित नृत्य दर्पण डान्स एकेडेमीकी विद्यार्थी दृष्टि गुरागाईंले संस्कृति संगम—२०२३ नृत्य प्रतिस्पर्धाको जुनियर शाखामा आफ्नो आधुनिक नृत्य प्रस्तुतिले दोस्रो स्थान ओगटदै 'अन्तराष्ट्रिय नृत्य शिरोमणि सम्मान–२०२३' ले पुरस्कृत हुन सफल भएकी छिन्।

उल्लेख छ, NEV EVENTS & ENTERTAINMENT PVT. LTD को आयोजनामा सम्पन्न उक्त नृत्य प्रतिस्पर्धा गुवाहाटीको शिल्पग्राम प्रेक्षालयमा गत् १६ जुलाईदेखि ३१ जुलाईसम्म चलेको थियो।

Post a Comment

Previous Post Next Post