Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

असम गोर्खा सम्मेलनको विभागहरुको सूचीमा गोर्खा स्वायत्त शासन (GAC) को मुद्दा

गुवाहाटी,१० जुलाई: असम गोर्खा‌ सम्मेलन, केन्द्रीय समितिले संस्थाका पदाधिकारीहरुलाई केही विशेष विभागहरुको दायित्व अर्पण गर्दै एक सूची प्रस्तुत गरेको छ।

प्राप्त सूची अनूसार, असम गोर्खा सम्मेलन, केन्द्रीय समितिका कूल १२ जना पदाधिकारीलाई विभिन्न विभागको दायित्व अर्पण गरिएको छ। जसमध्ये प्रशासनीय, वित्तीय र भवनको दायित्वमा मुख्य मूलसचिव लक्ष्मी सेढाईं रहनेछन् भने स्वाभिमान जागरण र जनजातीय समन्वय विभागको दायित्व मूल सचिव जगदीश खनाललाई सुम्पिएको छ। त्यसरी नै मूल सचिव अमर छेत्रीलाई आजीवन सदस्य र संरक्षक बनाउने विभाग, मूल सचिव सञ्जीव छेत्रीलाई व्यक्तित्व विकास विभाग अनि मूल सचिव केशव शर्मालाई अन्तर राज्य सीमा क्षेत्रसँग सम्बन्धित विषयको दायित्व दिइएको छ। त्यसैगरी क्रमशः मूल सचिव जय सूतारलाई पुस्तकालय, राजु श्रेष्ठलाई सांस्कृतिक विभाग र विकाश सुवेदीलाई छैठौं अनुसुचीत क्षेत्र अनि भूमी विषयको दायित्व दिइएको छ। 

अर्कातिर, असम गोर्खा सम्मेलनले असमका गोर्खाहरुको आकांक्षा गोर्खा स्वायत्त शासन (GAC) अनि शिक्षा विषय मूल सचिव राजु ढकाललाई सुम्पिदै विगत गढपालमा सम्पन्न सम्मेलन दिवसमा घटेको कार्यहरू सञ्चाउने प्रयास गरेको छ। ठिक त्यसरी नै साहित्य तथा कार्यालय संस्थाका मूल सचिव सञ्जीव दाहाललाई र नारी शसक्तिकरणको दायित्व दीपा छेत्रीलाई दिइएको छ भने इन्दिरा देवी दर्जीलाई पनि महिला न्याय र जागरूकता विषय सुम्पिएको छ। तर, असम गोर्खा सम्मेलनले प्रस्तुत गरेको सूचीमा नाम देखिएन वरिष्ठ सांस्कृतिक कर्मी कलाश्री विनोद खनालको नाम।

विभिन्न समयमा संस्थाभित्र अन्तरकलह प्रस्ट देखिने कृष्ण भुजेल अनि लक्ष्मी सेढाईंको नेतृत्वको असम गोर्खा सम्मेलनले संस्थाका पदाधिकारीहरुलाई समेटेर विभिन्न विभागीय दायित्वहरु प्रदान गरे तापनि यी विभागहरुले जातिको हक, हित अनि अधिकार प्राप्तिका लागि कतिसम्म कार्य गर्न सक्नेछन् त्यो भने समयमा थाहा लाग्नेछ।

Post a Comment

Previous Post Next Post