दार्जिलिङ, ०७ मई: एकातिर शान्तिको प्रतीक बुद्ध जयन्ती मनाइरहेको समयमै देशको निम्ति शहीद भए सिधान्त छेत्री।
थाहा लागे अनुसार, भारतीय सेनामा कार्यरत दार्जिलिङ पुलबजार खण्ड अधिनस्त नयाँ नोर ग्राम पञ्चायत अन्तर्गत किजोम बस्ती निवासी २५ बर्षीय राइफलम्यान सिद्धान्त छेत्री (९ प्यारा कमाण्डो) गत् ५ मईको दिन बिहानै जम्मुको थाना मण्डी रौजरीमा भएको आतंकवादीको हमलामा परि बीरगति प्राप्त गरेका हुन्।
पिता खडक बहादुर छेत्रीका वीर सन्तान शहिद सिधान्त छेत्री सन् २०१९ मा सेनामा भर्ना भएका थिए भने सन् २०२१ देखि प्यारा एस एफ (PARA SF) मा छनौट भई थुप्रै अपरेशन पनि गरिसकेका थिए। उनी भर्खरै बैवाहिक बन्धनमा बाधिएर गत् १४ अप्रेलमा मात्रै पल्टन फर्केका थिए।
यता, शनिबार वेङडुबी मिलेटेरी स्टेशनमा शहीद सिद्धान्त छेत्रीलाई भारतीय सेनाद्वारा श्रद्धाञ्जली अर्पण गरिएको छ भने त्यसपछि सिद्धान्त छेत्रीको पार्थिव शरीरलाई उनकै निवास किजोम बस्ती लगिएको छ।
वीर शहिद सिद्धान्त छेत्रीको निधनले उनको घर परिवार लगायत दार्जिलिङ पाहाडमा शोकको माहोल छाएको छ भने समग्र भारतभरिका गोर्खाहरुले पनि शोक प्रकट गरेका छन्।
Post a Comment