तेजपुर, १२ अप्रिल: सोनी टिभी द्वारा आयोजित इन्डिया मास्टर सेफ प्रतियोगितामा एकजाना बलिष्ट प्रतिभागिको रुपमा सहभागी बनि असमेली गोर्खा चेली,जागिरोड अमिलिघाटकि बुहरी तथा तेजपुरकी छोरी शान्ता शर्मा भारत भरिमा दोस्रो स्थान हासिल गर्न सक्षम भ्एको छन भने विभिन्न अञ्चलमा वाहालाई अभिनन्दन एवं स्वागत कार्यक्रम चलि रहेको छ ।
गत अंग्रेजी ११-०४-२०२३ मंगलबारको दिन तेजपुर चानमारी स्थित हरिहर धाम सांस्कृतिक उन्नयन परिचालन समितिले पनि शान्ता शर्मालाई अभिनन्दन गर्ने उद्देश्यले एक अभिनन्दन सभाको आह्वान गर्दछ। हरिहर धाम परिचालन समितिको उद्योग र सेवासाधना समितिको सहयोगमा आयोजित उक्त कार्यक्रममा गोर्खा सम्मेलन ,गोर्खा छात्र संघको उपस्थित थियो भन्ने कुरा आयोजित समितिकी सभानेत्री बसुन्धरा शर्मा र मुलसचिव नवप्रभा अधिकारीले जानकारी गराउछन । बेलुका ३बजे बाट आरम्भ भ्एको उक्त विशेष अभिनन्दन सभामा शान्ता शर्मालाई तेजपुरका स्थानीय सामजिक संस्था जिल्ला समिति अगोस र आग्सु मार्फत पनि अभिनन्दन ज्ञापन गरिन्छ । अभिनन्दन ग्रहण गरेपछि शान्ता शर्माले सम्पूर्ण आयोजक समितिमा धन्यवाद ज्ञापन गर्दछिन भने आफुलाई पनि भाग्यशाली बताउदै भन्छिनकि गोर्खा समाजको सांस्कृतिक खाद्यहरु राष्ट्रीय मञ्चमा प्रस्तुत गर्न पाउनु मेरो लागी पनि गौरवको कुरा हो ।
Post a Comment