Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

दार्जिलिङकी प्रथम वाणिज्यिक विमान चालिका बनिन् सुश्री साक्षी प्रधान: गौरवान्वित दार्जिलिङ पहाडवासी


दार्जिलिङ, १२ अप्रिल: एउटा अत्यन्तै राम्रो खबर। नारी शक्तिको एक अनुपम उदाहरण प्रस्तुत गर्दै दार्जीलिङको साधारण परिवेशमा हुर्केकी गोर्खा चेली साक्षी प्रधान दार्जिलिङ पहाडबाट पहिलो पल्ट वाणिज्यिक विमान चालीका (कर्मसियल पाईलट) बन्न सक्षम बनेकी छिन्।

सन् २००० को १० मईमा जन्मेकी साक्षी प्रधान स्थानीय डी०बी० गिरी पथ (द प्रिन्टमास्टर) दार्जीलिङ निवासी रूकेश मणि प्रधान अनि बन्दना मुखिया (प्रधान) की एक मात्र सन्तान हुन्। 

उनले दार्जीलिङको बेथानी पाठशालाबाट आफ्नो प्राथमिक स्तरको स्कूले शिक्षा प्रारम्भ गर्दै पछि लरेटो कनभेन्ट पाठशालाबाट आई०सी०एस०सी०. परिक्षा उत्तीर्ण गरिन भने उच्च माध्यमिक स्तरमा विज्ञान विषयको अध्ययन गर्न उनले दिल्ली पब्लीक स्कूल सिलिगुडीमा भर्ना लिइन् अनि त्यहीबाट उनले ए०आई०एस०एस०सी०ई० परिक्षा उत्तीर्ण गरिन। अति सरल, अनुशासन प्रिय अनि सोझो व्यक्तित्वकी धनी भएकी फलस्वरूप आफ्नो सम्पूर्ण स्कूले परीक्षाहरू अव्वल दर्जामा उत्तीर्ण गर्नका साथ साथै साक्षी प्रधानले विद्यार्थी जीवनबाट नै एक कुशल अनि दक्ष विमान चालिका बन्ने प्रबल इच्छा बोकेकी थिइन।

सन् २०१९ मा इण्डिगो क्याडेट पाईलट ट्रेनिङ्ग प्रोग्रामको निम्ति उनको छनौट भए पश्चात् स्काईबोर्न एभिएसन लिमिटेडको माध्यमबाट पहिले नयाँ दिल्लीमा ग्राउण्ड ट्रेनिङ्ग तत्पश्चात सन् २०१९-२०मा संयुक्त राज्य अमेरिकाको एरिजोना (फिनिक्स) मा उनले उडान सम्बन्धि अध्ययन अथवा विमान चालिकाको रूपमा सफलतापूर्वक तालिम हासिल गरी (एफ०ए०ए०) संयुक्त राज्य अमेरीकाको वाणिज्यिक विमान चालीकाको रूपमा लाइसेन्स प्राप्त गर्न सफल भइन्।

यता, भारत सरकारको उड्डयन मन्त्रालय अधीनस्त डी०जी०सी०ए० अन्तर्गत उत्तराखण्डस्थित पन्तनगरमा अझ तालिम हासिल गरे पश्चात् डी०जी०सी०ए०द्वारा पनि उनलाई भारतीय वाणिज्यिक विमान चालीकाको रूपमा लाइसेन्स प्राप्त गर्ने अनुमोदन प्रदान गरे। भारतीय वाणिज्यिक विमान चालीकाको रूपमा लाइसेन्स प्राप्त गरे पश्चात् केहि समय कोविड लकडाउनको विलम्ब पछि यू०ए०ई० को आबुदाबीस्थित एतीयाद ऐयरवेजबाट उनले A-320 विमानको टाइपरेटिङ तालिम पनि सफलतापूर्वक हासिल गरिन्।

हाल १५ मार्च २०२३ को दिन इण्डिगो एयरलाइन्सद्वारा गुरुग्राम नयाँ दिल्लीमा अवस्थित आफ्नो मुख्य कार्यालयमा आयोजित एक भव्य ग्य्राजुएसन समारोह (Graduation Ceremony) बिच उनलाई अभिनन्दन गर्दै A-320 जुनियर फर्स्ट अफिसरको रूपमा नियुक्ति प्रदान गरिएको छ।
सबैको निम्ति शारीरिक, बौधिक अनि आर्थिकरूपमा उडान सम्बन्धि अध्ययन अथवा विमान चालिकाको रूपमा तालिम हासिल गर्न सम्भव हुँदैन तरै पनि सम्पूर्ण अड्चनहरूको ससमय- सकुशल सामना गर्दै यति कलिलो उमेरमै आफ्नो अटल इच्छा शक्ति, अदम्य साहस, प्रयत्न अनि परिश्रमको फलस्वरुप दार्जीलिङ पहाडबाट प्रथम पल्ट एक महिला वाणिज्यिक विमान चालीकाको रूपमा वाणिज्यिक विमान लाइसेन्स प्राप्तगरी यो स्थान हासिल गरेर सम्पूर्ण विद्यार्थीवर्ग अनि युवा समाजको निम्ति आजको दिनमा सुश्री साक्षी प्रधान एक प्रेरणाका स्रोत बनेकी छिन्।
गोर्खा गौरव साक्षी प्रधानलाई धेरै बधाई एवम् शुभकामना!

स्रोत: Darjeeling Times.com– Darjeeling News

Post a Comment

Previous Post Next Post