Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

असमका ३ गोर्खा सन्तानले हासिल गरे 'विद्यावारिधि' अर्थात् 'पीएचडी' डिग्री: सम्पूर्ण पढनुहोस्—

डिजिटल डेक्स,०४ अप्रिल: हालै असमका तीन गोर्खा सन्तानले 'विद्यावारिधि' अर्थात् 'डॉक्टर ऑफ फिलॉसफी (PhD) उपाधि हासिल गरेका छन्।

थाहा लागे अनुसार, हालै ओदालगडी निवासी रमेश दाहालले लोक साहित्यमा गरेको शोधकार्यको लागि 'डक्टरेट डिग्री (PhD) हासिल गर्न सफल भएका छन्। असमका वरिष्ठ साहित्यकार विद्यापति उपाध्यायका कनिष्ठ पुत्र रमेश दाहाल ओदालगडी जिल्ला अन्तर्गत कलागुरु विष्णुप्रसाद राभा महाविद्यालयका अंग्रेजी विभाग प्रमुख हुन भने उनले असम गोर्खा सम्मेलन केन्द्रीय समितिको सचिव पदको पदभार पनि सम्भाल्दै आएका छन्।
अर्कातिर, शोणितपुरको त्यागवीर हेम बरूवा महाविद्यालयको अंग्रेजी विभागकी प्राध्यापिका सुधा शर्माले पनि गुवाहाटी विश्वविद्यालयबाट प्रोफेसर दिलीप बराको देखरेखमा  "National consciousness in select India Novel" शीर्षक विषयमा शोध कार्य गरि विद्यावारिधि उपाधि प्राप्त गरेकी छन्। उल्लेख छ, उनी भारतीय जनता पार्टी, असम प्रदेश समितिका उपाध्यक्ष अशोक भट्टराईकी धर्मपत्नी हुन्।
यता, कलागुरु विष्णु प्रसाद राभा महाविद्यालयको इतिहास विभागका प्राध्यापक विष्णु छेत्रीले पनि "Social folk custom of the nepalis of assam; Tradition and Changes" विषयमा शोध कार्य गरि विद्यावारिधि डिग्री पाउन सफल भएका छन् भने उनी शोणितपुर जिल्लाको बरसोला निवासी हुन्।
उल्लेखनीय छ, 'विद्यावारिधि' अर्थात् 'PhD' एक स्नातकोत्तर डॉक्टरेट डिग्री हो। जसले आफ्नो विषयको ज्ञानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने प्रमुख थीसिस पूरा गर्न पर्याप्त प्रयास गर्दछ त्यस विद्यार्थीलाई उक्त डिग्री प्रदान गरिन्छ। 'PhD' लाई हिन्दीमा 'विद्या वाचस्पती' उपाधि भनिन्छ। 'विद्यावारिधि' अथवा 'पीएचडी' डिग्री सबै विषयहरूमा उपलब्ध छन् र यो सामान्यतया एक व्यक्तिले प्राप्त गर्न सक्ने शैक्षिक डिग्रीको उच्चतम स्तर हो।

यता, असमका ३ गोर्खा सन्तानको क्रमश: यस्तो गौरवमय उपलव्धिहरुको लागि अखिल असम गोर्खा छात्र संघ, असम गोर्खा सम्मेलन, असम नेपाली साहित्य सभा, भारतीय गोर्खा परिसंघ लगायत विभिन्न गोर्खा संघ-संस्थाहरुको साथै विधायक गणेश कुमार लिम्बूले पनि अभिनन्दन ज्ञापन गरेका छन्।

Post a Comment

Previous Post Next Post