रजत भारद्वाज
• पृष्ठभूमि:
अखिल असम नेपाली छात्र संघको उत्पत्ति प्रसंग निकालने हुदा दरंग नेपाली छात्र संघ छोड़ि असम गोर्खा सम्मेलनको १६औं पल्टनबजार अधिवेशनमा एक विद्यार्थी समुहको सल्लाहको फल भन्नु सकिन्छ जस्को गठन २६ दिसम्बर १९७६मा पल्टनबजार बंगाली हाईस्कूलको १२नं कोठामा भ्एको थियो र तो सभाको सभापतित्व गरेका थिए प्र. जयनारायण लुईटेल(तेजपुर) ले तर याहा उल्लेख हुने छ तो समयमा गठित संघले कसरी जनता ,अभिभावक संग सम्पर्क राख्दै जनमुखि काम निडर र निष्ठाको साथ गरेको थियो । हाल के कस्तो अवस्था छ ? कहिले बाट अभिभावक बिहिन हुने क्रम शुरु भो ? कस्तो प्रकारले र को कस्को सहयोगले संस्था गठनको प्रारुप बनिएको थियो ? अधिवेशन काहा काहा कुन कुन परिस्थितिमा आयोजित भ्एका थिए दुवैको तुलनात्मक लेख प्रस्तुत गर्ने प्रयास गर्ने छु ।
• परिचय: थालनीमा हामी निक्कैलाई आग्सु या आन्सुको प्रतिष्ठा सन र तारिख थाहा भ्ए पनि कुन परिस्थिति र व्यवस्था सहित यो संगठन गठित भो तो थाहा नहुन सकछ । २६ दिसम्बर १८७६को दिन पल्टनबजारमा अखिल असम नेपाली छात्र संघको तदर्थ समिति गठन हुन्छ जस्मा सभापति गुवाहाटी विश्वविद्यालयमा अध्ययनरत हर्क बहादुर छेत्री र मुलसचिव डिब्रूगढ़ विश्वविद्यालयबाट बिनोद खनाललाई चयन गर्दै तो समयमा संस्था गठनमा अहम भूमिका लिने सांगठनिक सचिव गोपाल बहादुर नेपाली र डम्बर मणि प्रधान प्रमुख थिए ।याहा एउटा कुरा उल्लेख गर्नु पर्छ संसाधन को कमिको माजमा पनि १०००प्रति आह्वान पत्र र १४०रु आफ्नो आमा बाट लिएर गोपल बहादुर नेपाली असम भ्रमणमा निस्केको थिए जुन क्रममा असमका प्राय क्षेत्रहरुमा आन्सुको शाखा गठन हुन्छ र पहिलो अधिवेशन हाल शोणितपुर जिल्लाको ढेकियाजुली टाउन छेउ हनुमान मन्दिरमा आयोजित हुन्छ र आम सभा ढेकियाजुली हाईस्कूल प्राङ्गणमा हुन्छ ।
तेसरीनै दोस्रो अधिवेशन कोक्राझारमा असम आन्दोलन चलिरहेको समयमा हुन्छ जाहा मुख्य अतिथिको रुपमा सिक्किमका तत्कालीन मुख्यमंत्री नर बहादुर भण्डारी उपस्थित रहनु हुन्छ। तृतीय अधिवेशन गोगामुखमा हुन्छ तो समय सम्म सभापति हर्क बहादुर छेत्री रहन्छन । १९८३सनमा आन्सुको अध्यक्ष रुपमा चयन हुन्छन राम चरण चौहान र मुलसचिव को रुपमा मोहन सिंह मगर । आग्सु को मुखपत्र " अगुल्टो" गोपाल बहादुर नेपाली ले राखेको नाम हो ।
• संघमा द्वन्द्व र अन्तरकलहको प्रवेश:
प्राक्तन सभापति डा° हर्क बहादुर छेत्रीको एक लेखाईमा पाहिन्छ कि तेजपुर को रजत जयन्तीमा तो समयका आफुलाई प्रतापी सोचने दुई नेता क्रमशः हर्क बहादुर छेत्री(कनिष्ठ) र भाष्कर दाहालको राजनितिले संस्थामा अन्तरकलहको प्रवेश गराउछ र तेहि अधिवेशनमा आग्सुको ३८०पृष्ठाको ईतिहास अप्रकाशित भ्एर रयो भन्ने आरोप पनि लगाएको देखन पाईछ यो विषयमा कति सत्यता छ तो जेष्ठ हर्क बहादुर र तो समयमा प्रतिनिधिहरुले मात्र पुष्टि गर्न सकछन र तेहि समयबाट आग्सुमा भित्रीन्छ सांगठनिक क्लेशको पाईलाहरु अनि २००८सनपछि यो कार्यले चरम रुपलिदै संस्था विभाजन तिर अग्रसर हुन्छ जस्मा एकतिर आग्सु अर्का तिर आन्सु समानतराल रुपमा चल्छ आग्सु र अग्सु पनि संचालित हुन्छ र अन्तमा असमका गोर्खा जनताले देखछन एउटा नाम गरेको दुईटा संस्था एउटै संविधान एउटै प्रतिक चिन्ह तर दुईजाना सभापति दुईटा समिति । २०१०पछि फेरी केहि आग्सु कर्मकर्ता UGPO लगायत जातीलाई मनपराउने हरुले २०१३सनमा सबै गुटहरुलाई एकत्रीकरण गरेर गोवालपाराको दुधनै बाख्राखुट्टिमा एक आग्सुको फेरी गठन गर्दै प्रेम तामाङ्ग र भरत छेत्रीलाई सभापति मुलसचिव को दायित्वभार अर्पण गर्दछ ।तिहा देखि क्रमश हाल सम्म मालिगाँव अधिवेशनमा पुण प्रेम तामाङ्ग सभापति र मुलसचिव को रुपमा सञ्जीव छेत्री निर्वाचित हुन्छन भने गुवाहाटी कलाक्षेत्रको अधिवेशनमा अर्जुन छेत्री र नुमल छेत्री सभापति मुलसचिवको रुपमा निर्वाचित हुदै हाल सम्म उनिहरुकै समिति वहाल छ अहिले सम्म ।
• तुलनात्मक प्रसंग २००३ अधि र पछि को आग्सु :
जुन समयमा अर्थात १९७६मा संसाधनको अभाव थितो तो समयमा आह्वान पत्र, रशिद बहि , टेलिग्राम र रजिस्ट्री पत्र संघको प्रमुख साधन थिए तो समयमा विश्वविद्यालयका विद्यार्थी हरुले जातिमा नया चेतना लियाउने कामले एक संस्था गठन गरि अघि बड़नु स्यानो कुरा हैन । प्रत्येक अधिवेशनमा जनसमागम ढेकियाजुली को पहिलो अधिवेशनमा गोर्खाहरुको सम्पूर्ण जनप्रतिनिधि ,स्वाधीनता संग्रामीहरुको भव्य उपस्थिति, कोक्राझार को अधिवेशनमा सिक्किमका तत्कालीन मुख्यमंत्री को उपस्थिति तो समयको लागी श्यानो उपलब्धि हैन । तेस्को तुलनामा २००३पछि कति जाना विद्यार्थी संस्थाको शिर्ष नेतृत्व रहेको छ ? सम्पूर्ण संसाधन हुदा हुदै पनि यातायात सुलभ हुदा पनि संस्थागत गतिविधी विभाजन बाहेक के भयो त? १९७६ पछि भारतको प्रधानमंत्री इन्दिरा गांधी संग दुई पटक भेटेर स्मारक प्रदान ,रामचरण चौहान , तोया दाहाल वाहाहरुको नेतृत्वमा फेरी तत्कालीन प्रधानमंत्री राजीव गांधी संग भेटघाट र स्मारक पत्र प्रदान । होम सुब्बा र राजेन शर्माको नेतृत्वमा दिल्ली बोट क्लबमा नेपाली भाषाको मागमा ९३जाना विद्यार्थी को उपस्थितमा १२घण्टाको अनशन भ्एको थियो ।जस्मा सिक्किमका मुख्यमंत्री नर बहादुर भण्डारी पनि उपस्थित थिए।
२००३पछि संस्थागत परिक्रमामा दिल्ली यात्रा प्रेम तामाङ्ग को नेतृत्वमा २०१५-१६ तिर एक पटक प्रधानमंत्री लाई भेट भ्एको हुनु पर्छ एक पटक दिल्लीमा धर्ना तेस माझमा आफ्नो द्वन्द्वमा अलमलिएको गोर्खा छात्र संघ ।
स्व. चुड़ामणि शर्माको नेतृत्वमा गोर्खाहरुलाई श्रीरामपुर गेटमा गोजी र पोल्टा खोताल्ने कार्यको विरोधमा प्रतिवाद हुन्छ जुन कार्य BBC बाट विश्व समाचार बन्न पुगेको थियो । तो समयमै रेलरोक,बोटक्लब अनशन,साइकल रेलि( सिलापथार- शिमलुगुडी सम्म) ,दरङ्ग बन्द,मालिगाँव रेल रोक, दिसपुर हिंड' ,कार्बिआङलङ बन्द आदि संघीय कार्यक्रम भ्एको थिए । हेर्नेहो भने तो समयको छात्र संघले विद्यार्थी हरुको संग संगै समुचा जातिको भ्एर काम गरेको थियो र तेसरीनै जनसमर्थन ,अभिभावक हरुको समर्थन पाएको थियो पत्र पत्रिकाको कुरा उल्लेख गर्ने भनि १९७७-७९ सम्म आमा नामक मासिक पत्रिका दुई भाषामा प्रकाशित भ्एको थियो ।विश्वविद्यालयबाट " विदाई" मुखपत्र र तत्कालीन रुपमा विद्यार्थी संघको मुखपत्र " अगुल्टो" ले पनि जातीय चेतनाको झटारो हान्ने गर्थो ।समय समयमा नेतृत्व परिवर्तन भ्एतापनि संग्रामको धारा नरोकी अभिभावक र जनताको समर्थन बिच संचालित आग्सुमा पुराना कर्मीलाई महत्व नदिने,सल्लाह नलिकन काम गरि आफै आकर्षणको केन्द्र बिन्दु बन्ने होड़बाजीमा संघ भित्र शंकाको सृष्टि हुदै गोर्खा गोर्खा बिच कुटाकुट को प्रदर्शनी ले अभिभावक हरुलाई टाड़ा पनसाउदै गयो र एक समयमा जो जस्ले गोर्खा छात्र संघको पक्षमा बोलथे मार्गदर्शन गर्थे सहयोग गर्थे उनिहरु संस्थाको मूल तत्वबाट टाड़ा हुदैजानाले संस्था आफुमा अंहकारी र वास्तवमा टुहुरो भयो र सिद्धांत, आदर्श भुलाउदै राजनैतिक मनोरोगको सिकार भयेको देखिन्छ भन्दा गलत हुदैन होला ।
तर यो पनि उल्लेख योग्य छ कि भाष्कर दाहाल र हर्क बहादुर छेत्रीको समयमा गोर्खा छात्र संघले विभिन्न छात्र संघ संग सहकर्म गर्ने जमर्को चलाउछ जो अहिले पनि यथावत छ , गोर्खाहरुलाई स्वायत्त शासन दिनु पर्छ भन्दै गरिएको आन्दोलनमा GAC नपाए पनि तत्कालीन मुख्यमंत्री तरुण गोगोईको घोषणा पछि GDC थापनु पनि एक उपलब्धि भन्नु सकिन्छ तर तेस्मा श्रेय प्रयात सांसद मणिकुमार सुब्बा ज्युलाई पनि जान्छ । तामाङ्ग को नेतृत्वमा जन भेला NRC को समयमा, गोर्खा महोत्सव आदि उल्लेखनीय काम छन तर अरु त संस्थागत कार्यक्रम धेर थोर सबैको कार्याकालमा भ्एको छ । जस्मा धर्मघट ,स्मार प्रदान , बिहे खाने ,मलामी जाने यात्रा उल्लेख गरि रहनु पर्दैन होला । तर पनि १९७६पछि र हालको तुलयगर्ने हो भने तो समयमा कम संसाधन को प्रयोग ले गरिएको काम र हाल सबैथोक अर्थात उमेरले परिपक्व, संसाधन ले समबृद्ध हुदा हुदैपनि गरिएको काम सन्तुष्ट हुने खालको चै छैन ।
• उपसंहार:
वर्तमान समयमा हामीले सबै अतितको कुरा चर्चा गरेर पनि हुदैन होला तर आधुनिकतामा हामी आधुनिक हुनु जरुरी छ ।जुन भाषाको लागी एक समयमा छात्र संघ र असमका जनताले मृत्यु वाहिनीको गठन गरेको थिए आज तो भाषा अध्ययन गर्ने गराउने दुवै पक्ष छैन के यो उपलब्धि को उचित व्यवहार हो त? गोपाल बहादुर नेपालीले १४०रुमा असम भ्रमण गरि एउटा युक्तिपुर्ण संस्था गठन गरेको थिए हालको सांगठनिक सचिवहरुलाई आग्सुको संविधान पनि सम्पूर्ण थाहा छ छैन तो पनि प्रश्नको विषयहो कारण हाल आग्सुमा अंकको खेल हुन्छ समिति गठन गर्ने उचित व्यक्तिलाई उचित पद दिने व्यस्ता छैन । गोर्खा छात्र संघ ले गर्नु पर्ने कुरा त म भन्दिन तर बिचार गर्न सकने विषयहरु निम्नलिखित छन ।
• संस्थामा ४०%भन्दा बड़ि विद्यार्थी को सहभागिता हुनु आवश्यक छ ।जस्मा मुखपत्र प्रकाशन प्रत्येक वर्ष हुदै संस्थाको काम जनता सम्म पुराउने र आग्सुको आफ्नो एक दस्तावेज प्रस्तुत गर्ने काम हुन्छ ।
• अभिभावक हरु संग सल्लाह लिदै एक कर्णधार टोलिको गठन जस्मा एक प्रशासनिक विषया, अधिवक्ता, प्रवक्ता, साहित्यकार, समाज सेवक र राजनैतिक विश्लेषक हुनु आवश्यक छ ।
• विश्वविद्यालय, महाविद्यालय तहमा शैक्षिक प्रतियोगिता , सांगठनिक कर्मशाला,व्यक्तित्व विकास कर्मशालाहरुको आह्वान गर्नु ।
• GAC को मुद्दालाई घर घर लानको लागी पर्याप्त अध्ययन सहित एक विशेषज्ञ टोली गठनगरि सरल र सहज भाषामा आह्वान पत्र या डिजिटल माध्यमबाट प्रसार गराउनु पर्ने छ ।
• डिजिटल माध्यम को प्रयोग गरि website प्रस्तुत गरि online membership लिने व्यस्ता गर्नु आफ्नो डाटा सठिक पार्ने एक प्रयास हुन्छ जस्मा अन्य निक्कै काम गर्नु सकिन्छ ।
• संविधानमा ३५वर्ष अन्तिम समय अथवा अविवाहित रहुनजेल संस्था गर्न पाउने व्यवस्था राख्नु जरुरी छ साथै सबैको परोक्ष अंशग्रहण र निर्वाचन प्रक्रिया नगरि सहि मार्गदर्शक हरुको उपस्थितमा समिति बनाउदा विभाजन को सम्भावना कमति हुन्छ ।
आजको दिनमा ईतिहास ,वर्तमान र भविष्य नभ्एको एक संस्थाको रुपमा पुगन आटेको गोर्खा छात्र संघको पुराणा सबै तथ्य खोजी गरेर एक तथ्यपुर्ण पुस्तक गोर्खा छात्र संघले प्रकाशित गर्नु अत्यंत महत्वपूर्ण विषय हो जस्तो म अनुभव गर्दछु ।
संस्थामा पारदर्शी विचार धारा राख्दै प्रतिनिधि सभालाई सम्पादकीय प्रतिवेदन भन्ने ठाउ नसोचेर आउदो कार्यकालको केहि विशेष प्रस्ताव हरु पारित गर्दै नया समितिलाइ दायित्व दिने कार्यतिर लागनु पर्छ नभा राजनैतिक मनोरोग ले ग्रसित भ्एको व्यस्ता एक दिन कसैको आस्थाको पात्र हुदैन ।
धन्यवाद जय गोर्खा ।
Post a Comment