विश्वनाथ, १५ मार्च: गत् १२ अनि १३ मार्चको दिन विश्वनाथ जिल्लामा राष्ट्रिय संगोष्ठी एवं भाषा सम्मान समारोह सम्पन्न हुन्छ।
जानकारी अनुसार, उत्तर प्रदेश हिन्दी संस्थान, लखनऊ (उत्तर प्रदेश) एवं विश्वनाथ चारिआलि राष्ट्रभाषा प्रबोध विद्यालय परिचालना समिति, विश्वनाथ असमको संयुक्त आयोजनामा विश्वनाथको सामुहिक धर्मशाला प्राङ्गणमा आयोजित दुई दिवसीय राष्ट्रिय संगोष्ठीको समापन कार्यक्रममा भाषा गौरव सम्मान प्रदान गरिएको थियो।
विश्वनाथ चारिआलि राष्ट्रभाषा प्रबोध विद्यालय परिचालना समितिका अध्यक्ष प्रभुनाथ सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालन गरेका थिए सचिव सन्तोष माहातुले।
कार्यक्रममा उत्तर प्रदेश हिन्दी संस्थानका प्रधान सम्पादक डा० अमिता दुवे, भाषाविद् पृथ्वीनाथ पाण्डे, राष्ट्रभाषा प्रचार समिति, असमका मन्त्री क्षीरदा कुमार सइकिया, विश्वनाथका अतिरिक्त आयुक्त तथा भारप्राप्त महकुमाधिपति जय शिवानी, गुवाहाटी विश्वविद्यालयका प्राध्यापक दिलीप मेधी, तेजपुर विश्वविद्यालयका प्राध्यापक डा० अनुशव्द, राजीव गान्धी विश्वविद्यालयका प्राध्यापक डा० राजीव रञ्जन प्रसाद, सिक्किम विश्वविद्यालयका प्राध्यापक चुकी भुटिया, उत्तर लखिमपुर विश्वविद्यालयकी प्रवक्ता, हिन्दी साहित्य अकादमीका अध्यक्ष रीता सिंह सञ्जना, विश्वनाथ महाविद्यालयका अध्यक्ष डा० चिन्तामणि शर्माको उपस्थिति सहित शिलङ मेघालयका डा० अनिता पाण्डा, नागाल्याण्डका डा० फिलिप, चन्द्र कुमार आदि व्यक्तित्व सहभागी बनेका थिए।
उक्त कार्यक्रममा पाँचवटा पुस्तक विमोचन गरिएको थियो भने कार्यक्रममा अत्यन्तै जानकारीमूलक कार्य पत्र पनि प्रस्तुत गरिएका थिए।
कार्यक्रममा राहुल मिश्र, अनुप शर्मा, उषा साहु, सैयदा अनुवारा खातुन, गायत्री कलवार, मनिषा पाल र गायत्री गुप्तालाई भाषा गौरव सम्मानले सम्मानित गरिएको थियो।
Post a Comment