बाक्सा, १२ मार्च: पूर्व छात्र नेता तथा आत्मसमर्पकारी गोर्खा विद्रोही समूह युनाइटेड गोर्खा पिपल्स अर्गनाइजेसन– UGPO का संस्थापक मुख्य सेनाध्यक्ष प्रयात सूर्य आले मगरको स्मृतिमा स्मृति ग्रन्थ प्रकाशन गरिने छ।
जानकारी अनुसार, अखिल असम गोर्खा छात्र संघ, बाक्सा जिल्ला समितिले प्रयात सूर्य आले मगरको स्मृतिमा स्मृति ग्रन्थ प्रकाशन गर्ने निर्णय लिएको छ।
शनिवार पत्रकार भेला सम्बोधन गर्दै अखिल असम गोर्खा छात्र संघ, बाक्सा जिल्ला समितिले उक्त कुराको जानकारी गराएको छ।
उल्लेखनीय छ, स्यानो उमेरदेखि नै गोर्खा जातीय संघ संस्था प्रति आकर्षित भएर जातिको हक, हित, अधिकार अनि सुरक्षाको लागि कार्य गर्ने सोचले पहिले अखिल असम गोर्खा छात्र संघको शाखा, आञ्चलिक हुँदै बाक्सा जिल्ला समितिको सभापति र केन्द्रीय समितिको सदस्य पदको कार्यभार सम्हालेका सूर्य आले मगरले पछि सशस्त्र संग्रामतर्फ लम्किएर UGPO नामक एक गोर्खा सशस्त्र संगठन गठन गरी संगठनको मुख्य सेनाध्यक्ष जस्तो महत्वपूर्ण पदमा रही जातिकै लागि ज्यानको बाजी लगाएर संग्राम गरेका थिए।
तसर्थ यस्ता वीर योद्धालाई अमर बनाउने ध्येयले उनको स्मृतिमा एक स्मृति ग्रन्थ प्रकाशन गर्ने निर्णय लिए अखिल असम गोर्खा छात्र संघ, बाक्सा जिल्ला समितिले। उक्त स्मृति ग्रन्थको लागि आगामी ६ दिनभित्र कलमकारहरूबाट उहाँको बारे लेखिएका रचना लेख आदिको साथै जाति प्रेमी ह्रदयवान महानुभावहरूबाट आर्थिक सहयोगको पनि आव्हान गरिएको छ।
लेख पठाउने टुङ्गो–
ई-मेल: nandaburathoki155@gmail.com
मोबाइल: 91013 86221/8638045909/7896880324
Post a Comment