गोलाघाट, ०८ मार्च: गत् बुधबार गोलाघाटमा सरुपानी सीमान्त गोर्खा नारी समितिको उद्योगमा अन्तराष्ट्रिय नारी दिवस पालन तथा समितिको पहिलो आम सभा सम्पन्न हुन्छ।
जानकारी अनुसार, बिहान झण्डोत्तोलन समितिकी सभनेत्री रीना विश्वकर्माले गरिन भने शहिद वेदीमा दीप प्रज्वलन एवम् माल्यार्पण भारप्रप्त मूल सचिव अन्जु छेत्री रोकाले गरेपछि अञ्चलको ११ वटा नारी समूह/समितिका सदस्यहरुले प्रतीक स्वरूप राखिएको असम आन्दोलनको प्रथम महिला शहीद वैजयन्ती देवीको प्रतिच्छविमा पुष्पाञ्जली चढाए। त्यसैगरी विहान ९.३० बजे नारी समितिकी सल्लाहकार बिनिता लिम्बूले गोर्खा नारीद्वारा बनाइएको हस्तशिल्प अनि महान विभुतिहरुको फोटो प्रदर्शनी उद्घाटन गर्छिन् भने त्यसपछि नै समितिका अन्य सल्लाहकार दिल माया तामाङ्गद्वारा उद्घाटन गरिएको सांस्कृतिक शोभायात्रा ५ किलोमिटर बजारको बाटो अतिक्रम गरेर पदुमपथार सामूहिक भवनमा टुङ्गिए पछि आम सभा र सांस्कृतिक कार्यक्रम शुरु हुन्छ।
कार्यक्रममा दोयाङ्ग सरुपनी सीमान्त समन्वय समिती अखिल असम गोर्खा छात्र संघ को सहयोगमा गरिएको थियो र नारी समिती गठन मा अग्रिम भूमिका रहेको थियो।
यता, दोयाङ सरुपानी सीमान्त समन्वय समिति आग्सु अध्यक्ष कुमार लिम्बूले उद्घाटन गरेको आम सभामा निर्दिष्ट वक्ताको रूपमा भारतीय गोर्खा परिसंघका नवनिर्वाचित मूल सचिव तथा समुदाय पत्रकारितामा अन्तराष्ट्रिय पुरस्कार प्राप्त व्यक्तित्व नन्द किराती देवान उपस्थित थिए। उनले वक्तव्य क्रममा सरुपानिको गोर्खा नारी जातिय हित हकको लागिनै नारी समिति जन्मिएको अनि यसको आभास आज सफतापूर्वक गरिएको प्रदर्शनी, शोभायात्रा, नारी विशेषाङ्क सत्र, आम सभा र सांस्कृतिक कार्यक्रमले झल्काएको बताए। गोर्खा नारीहरुको उपलब्धि केलाउँदै भारतीय गोर्खा परिसंघको संस्थापक अधक्ष्य दिल कुमारी भण्डारी जस्ले भारतभरि २८ राज्यमा छरिएर बसोवास गरी आएका गोर्खाहरुलाई एउटा छाता सङ्गठनमा जोड्ने नेतृत्व २००१ मा लिनु भएको कुराबाट सुरु गर्दै कसरी दिल कुमारी भण्डारीको रूपमा दार्जीलिङ जिल्ला माइतामा जन्म लिएर सिक्किम आफ्नु विवाहित घरबाट लोकसभाको संसद भएर हाम्रो नेपाली/गोर्खा भाषालाई भारतको संविधानमा स्वीकृति गराए त्यस विषयमा जानकारी साथ उनकै नेतृत्वमा भारतको संसद परिसरमा प्रथम गोर्खा शहीद दुर्गा मल्लको बृहत सालिक देशको गोर्खा शहीदहरुको प्रतिक स्वरूप स्थापन भोयो, मास्टर चेफ इंडियाको प्रतियोगी शान्ता पावन शर्मा, मराथनबाट गोर्खालाई विश्व दरबारमा स्थापित गर्ने धावक रोशनी राई, सगरमाथाको चुचुरो चढने तिर्षला गुरुङ्ग र सुलक्षना तामाङ्ग, फेसन र फिल्ममा गीताञ्जली थापा अनि सुश्री रेवती छेत्री, पुलिस सेवामा कालिम्पोङ जिल्ला प्रहरी अधिक्षक अपराजिता राई (भारतीय पुलिस सेवा) र असम पुलिसका अतिरिक्त एस्पी रोजी रानी शर्मा र ड. रश्मी शर्मा, भारतीय सेनामा मेजर जेनेरल सेवा निवृत्त) छिरिङ कुमारी भुटिया, असम सरकारको पूर्व मुख्य सचिव छिरिङ्ग येशी वर्तमान राज्यको लोकसेवा मार्फत प्रशासन सेवामा आएका क्रान्ति देवी लगायत अन्य, क्रिडा, व्यवसाय क्षेत्रमा अनुकरणीय उदाहरण पेश गरेर गोर्खा चेली नारीले गोर्खाको शिर सदैव उच्च स्थानमा पुर्याएर जातिलाई गौरवान्वित गराएको जनाए।
निर्दिष्ट वक्ता देवानले अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास र यस सालको थीम 'Digit All - Innovation and Technology for Gender Equality' माथि पनि प्रकाश गर्दै रिना विश्वकर्माको उत्साहपूर्ण अधक्षता अनि उँहाको टोलीको नेतृत्वको सराहना गर्दै आगामी दिनमा तीज उत्सव, सामूहिक भैलो, हस्त शिल्प सहित स्वरोजगार कर्मशाला आदि गर्दै अञ्चल मात्र नभएर जिल्ला, राज्य, देश भित्र नामी नारी समिति बनेर जातिलाई पुन: गौरवान्वित गरोस् भनी सल्लाह दिए।
उनले हालै आसाम राइफलसमा भर्ना भएका गोलाघाट जिल्लाकी सुनिता लिम्बू, क्रीडा जगतमा राष्ट्रिय पदक प्राप्त रोजिना थापा, अनिशा लिम्बू, अनिता लिम्बु, करीकारी शिक्षा समाप्त गरेर एयर होस्टेस बनिएको संगिता लिम्बू आदिको उदाहरण पेश गरेर नारी समितिको उज्ज्वल भविष्य अनि निरन्तरता कामना गर्दै वक्तव्य विराम दिए।
यता, मुख्य अतिथिको रूपमा GACDC को केन्द्रीय कार्यकारिणी सदस्य तथा आग्सु केन्द्रीय समितिका पूर्व उप-सभापति प्रेम नेवार उपस्थित भएको आम सभामा प्रत्येक गाउँका महिला गुटका सभानेत्री/मूल सचिवालाई परिचय र अभिनन्दन गरिन्छ।
प्रेम नेवारले आफ्नु ३० वर्षीय सांगठनिक कार्यकालमा नारी समिति गोलाघाट जिल्लामा गठन हुँदै आज गाउँ अञ्चलमा पुगेको देखेर अति हर्षित भएको जनाउँदै यस समितिको उत्तरोत्तर प्रगतिको कामना गरे। नारी दिवसको विशेष दिनमा जम्मै नारी जमातलाई शुभकामना ज्ञापन गर्दै उनले आगमी दिनमा जातीय हक, हितमा समाजको आर्धआँकशले पनि अग्रणी भूमिका निर्वाह गरेको हुन्छ, यस्मा गोर्खा समुदाय नै विश्वस्त रहेको जनाए।
रैथाने संग्राममा नारीहरुको भूमिका सराहनीय रहेको भन्दै उनले आउँदो दिनहरूमा जम्मै गोर्खा जातिको नेतृत्व नारीले लिए मात्र गोर्खाहरुको मांग फतेह हुने सम्भावना देखिन्छ भन्ने ठहर गरे। आफ्नो सारगर्भित भाषणमा नेवारले नारी समुहको अनुकरणीय भूमिकालाई सलाम गर्दै मुख्य अतिथिको वक्तव्य विराम गरे।
कार्यक्रममा आमन्त्रित अतिथिको रूपमा समन्वय समिति आग्सुका सह सचिव गणेश गिरी, सांस्कृतिक सचिव गोविन विश्वकर्मा, कार्यालय सचिव राज विश्वकर्मा, सरकारी गाउँ प्रधान नरेन्द्र थापा, पञ्चायतका प्रतिनिधि, दोयङ्ग आञ्चलिक गोर्खा छात्र संघकी उप सभानेत्री मनिषा याक्खा अनि मूल सचिव मङ्गल सिंह राई लगायत अन्य समुदायका नारी समितीका सभानेत्री/सचिवा उपस्थित थिए।
यता, बिचबिचमा सांस्कृतिक कार्यक्रममा महिला अनि बालिकाद्वारा प्रस्तुत गरिएको भैलो, सामूहिक र एकल नृत्यले कार्यक्रममा छुट्टै रौनक छाएको थियो।
उक्त अञ्चलको पहिलो प्रयास सफल भएको उत्साहले आगामी तीज उत्सव चन्दनपुरमा भवव्यताको साथमा उद्यपन गर्ने प्रस्ताव समेत पारित गरियो भने तीन महिनाभित्र नारी समिति अञ्चलको सबै गोर्खा गाउँमा विस्तार गर्ने कार्यक्रमको राखिएको छ।
Post a Comment