Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

दार्जिलिङ पहाडमा कुनै बन्द हुने छैन, आदेशको पालन नगरे प्रशासनले कडा कारवाही गर्ने चेतवनी!

सिलगढी, २२ फरवरी: आउँदो २३ फरवरीको दिन आव्हान गरिएको २४ घण्टे दार्जिलिङ पहाड बन्दमा कुनै गडबडी भएमा कडा कारबाही गर्ने चेतावनी दिएकी छन् मुख्यमन्त्री ममता बनर्जीले।

“कुनै गडबडी भएमा प्रशासनले कडा कारबाही गर्ने कुरा म स्पष्ट पार्छु। आन्दोलन गर्ने अधिकार सबैलाई छ तर यसले सामान्य जनजीवन अवरुद्ध गर्न सक्दैन। हाम्रो सरकार बन्दको विरोध गर्दैछ” बनर्जीले मंगलबार उत्तर बंगाल भ्रमणको क्रममा सिलगढीमा एउटा समारोहलाई सम्बोधन गर्दै भनिन्।

उनले राज्य माध्यमिक बोर्ड परीक्षा बिहीबारबाट सुरु हुने भएको कारण कुनै पनि बन्दलाई अनुमति नदिने बताइन्। “उत्तर र दक्षिण बंगालका मानिसहरूमा कुनै भिन्नता छैन। तिनीहरू फरक भाषा बोल्छन् तर एउटै भावना साझा गर्छन्। हामी सबै एक।" –मुख्यमन्त्रीले भनिन्।

उल्लेखनीय छ, सोमबार पश्चिम बंगाल विधानसभाले बंगाल विभाजन विरुद्ध प्रस्ताव पारित गरिएकोमा विरोध जनाउँदै सत्तारुढ तृणमूल कांग्रेसका पूर्व नेता तथा जीटीए सभासद् विनय तामाङ लगायत ९ जना जीटीएका विपक्षी सभासद्हरू मंगलबार दार्जिलिङमा २४ घण्टे अनशनमा बसेका थिए भने बिहीबार २४ घण्टे पहाड बन्दको आव्हान पनि गरेका छन्।

यता, हाम्रो पार्टीका प्रमुख तथा जीटीए सभासद् अजय एडवर्ड्सले टीएमसी र भाजपाले जे सोचे पनि गोर्खाहरू बंगालबाट अलग हुन चाहन्छन् भन्ने बताए। ‘सभामा प्रस्ताव पारित भएकोमा हाम्रो आपत्ति छ। बन्द शान्तिपूर्ण हुनेछ। आकस्मिक सेवा र बोर्ड परीक्षा छुट दिइनेछ। उनले ब्यानर्जीको टिप्पणीलाई उल्लेख गर्दै शान्तिपूर्ण बन्दको आह्वान लोकतान्त्रिक अधिकारको हिस्सा हो भनी बताए।

अर्कातिर, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले यस क्षेत्रका जनता बन्दको विरुद्धमा भएकाले हडताल नहुने बताए।

Post a Comment

Previous Post Next Post