Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

गोर्खा अनि आदिवासी समुदाय विरुद्ध अपमानजनक शब्द प्रयोग: भाजपा विधायकहरुले गरे नाराबाजी

दार्जिलिङ,२२ फरवरी: पश्चिम बंगाल विधानसभामा सत्तारुढ दल तृणमूल कांग्रेस सरकारका मन्त्री सोभनदेव च्याटर्जीले उत्तर बंगालका गोर्खा अनि आदिवासी समुदाय विरुद्ध अपमानजनक शब्द प्रयोग गरेपछि भाजपा विधायकहरुले पश्चिम बंगाल विधानसभा अघि हातमा प्ले-कार्ड बोकेर नाराबाजी गरे।

जहाँ खरसाङका विधायक बी.पी बजगाईं पनि सामेल रहेका थिए।

यता, उत्तर बङ्गालका गोर्खा अनि आदिवासी समुदायहरूको सन्दर्भमा टीएमसी मन्त्री सोभनदेव च्याटर्जीद्वारा गरिएको अपमानजनक टिप्पणी एकदमै असहनीय रहेको बताए दार्जिलिङका सांसद राजु बिष्टले।

उनले प्रेस विज्ञप्ति जारी गर्दै भने– गोर्खा, राजवंशी, आदिवासी, राभा, टोटो, कोचे, मेचे अनि अन्य अल्पसंख्यक समुदायहरू यी भूमिका मुलनिवासी हुन् र दार्जिलिङ पहाड़, तराई र डुअर्सका अभिन्न अंग हुन्। हामी सबै यस क्षेत्रलाई 1954 को Absorbed Areas Act अन्तर्गत पश्चिम बंगालमा समाहित गरिनु भन्दा धेरै अघि देखिनै यहाँका थियौं भन्ने कुरा मन्त्री र तृणमूलले बिर्सेका छन् जस्तो मलाई लाग्दैछ। 
उत्तर बङ्गालका अन्यान्य समुदायलाई होँच्याउने, भेदभाव गर्ने, गालीगलौच गर्ने अनि हामी विरुद्ध नस्लवादी व्यवहार गर्ने टीएमसीको विशिष्ट मानसिकताको अभद्र प्रदर्शन गरेका छन्। यस्तो मानसिकता, व्यवहार र टिप्पणीविरुद्ध म कड़ा विरोध जनाउँदछु, अनि माननीय मुख्यमन्त्री ममता ब्यानर्जीसँग मन्त्री सोभनदेवलाई तुरुन्तै क्षमा-याचना गर्न लगाउन, अनि उनलाई पश्चिम बङ्गाल क्याबिनेटबाट तुरुन्तै निष्कासित गर्न आग्रह गर्दछु।यस्ता नस्लवादी व्यक्तिहरूका लागि लोकतान्त्रिक व्यवस्थामा कुनै स्थान छैन– भने सांसद बिष्टले।

उनले अझ भने– गोर्खाहरूलाई विदेशी अनि आदिवासीहरूलाई प्रवासी भन्ने कसैलाई पनि हामीले सहने छैनौँ।

Post a Comment

Previous Post Next Post