Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, अन्तराष्ट्रिय मातृभाषा दिवस किन मनाइन्छ?


आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस। हरेक वर्षको २१ फरवरीको दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आइएको छ।

तत्कालीन पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) मा बंगाली भाषा (मातृभाषा) बोल्न पाउनु पर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरू मारिएको दिनको संस्मरणमा अन्तराष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको हो। 

सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो। पछि सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई 'मातृभाषा दिवस'का रूपमा मनाउन आह्वान गरेपछि विश्वभर अन्तराष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको हो।

छिमेकी मुलुक बङ्गलादेशमा भने वर्तमान पनि आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ। यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिहरूको विविधतालाई स्वीकार गरी बहुभाषा र बहु संस्कृतिलाई संरक्षण प्रदान गरिएको छ।

मातृभाषाकै संरक्षणका लागि जागरण स्वरूप संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००८ लाई 'अन्तर्राष्ट्रिय भाषा वर्ष' को रूपमा मनाइएको थियो।

वर्ष २०२३ को मातृभाषा दिवसको नारा चाहिँ 'Multilingual education- a necessity to transform education' हो।

बहुभाषिक शिक्षाको महत्त्वलाई उजागर गर्दै शिक्षाको रुपान्तरणमा भाषाको भूमिकालाई वर्ष २०२३ मा विशेष ध्यान दिइएको पाइन्छ।

सबैमा अन्तराष्ट्रिय मातृभाषा दिवसको शुभकामना...!

Post a Comment

Previous Post Next Post