Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस: कसरी भयो यसको शुरुवात?


आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस। प्रत्येक वर्ष १४ फरवरीको दिन विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ। पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ। विशेष गरी युवा युवतीले उत्साहकासाथ भारतमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ। सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फरवरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ।

जनविश्वास अनुसार, तेस्रो शताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए। उनले भन्ने गर्दथे– ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ।’ त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए। तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन। उनले फरमानको विरोध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सयौं अधिकारी र सैनिकको विवाह समेत गराइदिए।

भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भई सन् २६९ को १४ फरवरीमा भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे। फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे। र त्यसको मुनी लेखे– ‘फ्रम योर भ्यालेन्टाइन।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए। मृत्यु अघि उनले जेलरलाई भने– ‘म मरे पछि मेरो आँखा तपाईँकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनु’, पछि यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरूले 'भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस' मनाउन सुरु गरे।

भ्यालेन्टाइन डे मनाउने क्रममा प्रेमी प्रेमीकाले एक अर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्ने तथा युवा पुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरेका छन्।

पछिल्लो समय भ्यालेन्टाइन डे आउनु एक हप्ता पहिले नै सप्ताहव्यापी रूपमा यो दिवस मनाइने गरिन्छ। फरवरी ७ लाई रोज डे, फरवरी ८ लाई प्रपोज डे, ९ लाई चक्लेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन (किस) डे, १३ लाई हग डे अनि अन्तिम दिन १४ लाई 'भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस'को रूपमा मनाउने गरिन्छ।

साभार: सामाजिक सञ्जाल।

Post a Comment

Previous Post Next Post