Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

नेपालको पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना: चालक दलका ४ सहित ७२ जनाको निधन!


काठमाडौं, १५ जनवरी: नेपाली आकाशमा हवाई दुर्घटनाको अर्को एउटा नमेटिने धब्बा थपिएको छ। 

आइतबार बिहान नेपालको राजधानी काठमाडौंबाट पर्यटकीय शहर पोखराका लागि उडान भरेको यति एयरलाइन्सको जहाज पोखरा एयरपोर्टमा अवतरण गर्नु अगावै पोखराको सेती खोलामा दुर्घटनाग्रस्त भएको छ।

थाहा लागे अनुसार, पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको जहाजमा ६८ जना यात्रु अनि चालक दलका ४ जना सदस्यसहित कूल ७२ जना सवार थिए भने २५ जना महिला, ३७ जना पुरुष, ३ जना बालक र ३ जना शिशु थिए। जस्मा १५ जना विदेशी (५ भारतीय यात्रु) र ५३ जना नेपाली नागरिक थिए।

उक्त दुर्घटनामा परेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो। गत् २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो। सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो।

आजको दुर्घटनालाई नेपालको आन्तरिक उठान मध्येकै सबैभन्दा त्रासदीपूर्ण मानिएको छ।

यता, नेपाल सरकारले घटना प्रति दुःख व्यक्त गर्दै माघ २ गते देशभरि शोक विदा घोषणा गरेको छ।

Post a Comment

Previous Post Next Post