Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आज माघे सङ्क्रान्ति | मकर सङ्क्रान्ति | तिलुवा सङ्क्रान्ति

आज माघे सङ्क्रान्ति या मकर सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिउँदको एउटा महत्त्वपूर्ण महिना हो। आजका दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाउने गरिन्छ।

आज बिहान सबेरै नुहाई धुवाई गरेर, चोखो कपडा पहिरिएर, ब्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त आजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ। 

आजको दिन तिलको पकवानका लागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएका लड्डुहरू आजको विशेष परिकार हो। त्यसै कारणले पनि माघे सङ्क्रान्ति लाई 'तिलुवा सङ्क्रान्ति' पनि भनिन्छ। तिल र चाकु मिसाएको परिकार तथा तरुल आदि खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ यसर्थमा कति धेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार गोर्खा जनजीवनमा रहेको छ भन्ने पुष्टि हुन्छ। यस्ता पोसिला खानेकुरा खानाले न्यानोका साथ साथै अन्य चर्म रोग र जोर्नीका समस्या आदिबाट समेत राहत मिल्दछ।

Post a Comment

Previous Post Next Post