Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

अखिल असम गोर्खा छात्र संघ, कामरूप महानगर जिल्ला समितिको दोस्रो द्वि-वार्षिक अधिवेशन हुने

गुवाहाटी,११ जनवरी: आउँदो २६ मार्चको दिन गुवाहाटी शहरको जोराबाट काली मन्दिर परिसरमा सम्पन्न हुने अखिल असम गोर्खा छात्र संघ, कामरूप महानगर जिल्ला समितिको दोस्रो द्वि-वार्षिक अधिवेशन।

जानकारी अनुसार, हालै गुवाहाटी शहरको ११ माइलस्थित हिन्दी स्कूलमा सम्पन्न अखिल असम गोर्खा छात्र संघ, कामरूप महानगर जिल्ला समितिको एक साधारण सभामा जिल्ला समितिको अधिवेशन गर्ने निर्णय लिइएको हो।

अखिल असम गोर्खा छात्र संघ, कामरूप महानगर जिल्ला समिति अन्तर्गत विभिन्न आञ्चलिक तथा शाखा समितिका कार्यकर्ताहरुको उपस्थिति सम्पन्न भएको उक्त सभामै अधिवेशन सफल तुल्याउन स्वागतकारिणी समिति पनि गठन गरिएको छ।

यता, उक्त अधिवेशनलाई सफल तुल्याउन कामरूप महानगर तथा गुवाहाटी शहरवासी गोर्खा जनताको सहायताको कामना गरे अखिल असम गोर्खा छात्र संघ, कामरूप महानगर जिल्ला समितिका सभापति, मूल सचिव तथा स्वागतकारिणी समितिले।

Post a Comment

Previous Post Next Post