बीटीआर गोर्खा समाजको साधारण सभा: ओदालगढी आञ्चलिक समिति गठन
NE live240
ओदालगढी, २७सितम्बर: गत् आइतबार ओदालगडी जिल्लाको २ नं फुहुराबारी शिव मन्दिर प्राङ्गणमा बीटीआर गोर्खा समाज, ओदालगुडी जिल्ला समितिको एक साधारण सभा सम्पन्न हुन्छ।
जानकारी अनुसार, बीटीआर गोर्खा समाज, ओदालगडी जिल्ला समितिका सांगठनिक सचिव दिलीप बोहोराको सभापतित्व तथा जिल्ला समितिका सचिव प्रधान खगेन अधिकारीको सञ्चालनामा सम्पन्न भएको उक्त सभामा बीटीआर गोर्खा समाज, ओदालगडी आञ्चलिक समिति गठन हुन्छ। सभामा सदनको सुझाव अनुसार चुडामणि अधिकारीलाई सभापति र लक्ष्मी पौडेललाई सचिव प्रधानको रूपमा चयन गरी २१ जनाको द्रर्विलो ओदालगुडी आन्चलिक समिति गठन हुन्छ।
यता सभामा बीटीआर गोर्खा समाज, केन्द्रीय सचिव प्रधान दीपक निरौलाले बीटीआर गोर्खा समाजले २ वर्ष अवधि भित्र गरेको कामको विवरण र गोर्खा पुत्र राष्ट्रिय कवि गोपाल सिंह नेपालीलाई भारत रत्न प्रदानको दावी, छैठौं अनुसुचीमा बसोवास गर्ने गोर्खाली जनतालाई स्पेसल प्रोटेकटेटको दर्जामा सामेल, राष्ट्रपतिद्वारा मनोनित गरिने १० जना राज्य सभा सांसद मध्ये १ जना सांसद गोर्खालाई प्रदान गरिनु पर्ने जस्ता मुद्दाहरूलाई लिएर चाडै भारतका गृहमन्त्रीलाई भेट गर्ने कुरो सदनमा जानकारी गराए।
सभामा हालैमा बीटीसीमा सम्पन्न भएको मूख्यमन्त्री लेवेलको बैठकमा बीटीसी सरकारले भूमि सम्बन्धित विषयमा आजसम्म कुनै प्रकारको काम गरेको छैन भनेर बीटीसी प्रमुखको सामु स्पष्ट रूपमा राखेको साथै डि-भोटरहरूको आज सम्मपनि भोटर लिस्टबाट डी-नहटेको, एनआरसीमा वायोमेट्रीक दिनेहरूको आधार कार्ड नबनिएको र बीटीसी सरकारद्वारा सञ्चालित सुपर CEM मा ५ जना गोर्खा विद्यार्थीलाई कोचिङको लागि दिल्ली पठाउने कार्यमा बीटीआर गोर्खा समाजले एक अब्बल भूमिका लिएको कुरो उल्लेख गर्दे बीटीआर भित्र बसोवास गर्ने जम्मै जनतालाई बीटीआर गोर्खा समाजको नारा "नयाँ सोच नयाँ खोज" सँग जोडिएर अघि बढन आह्वान गरे दीपक निरौलाले।