Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

गुवाहाटी उच्च न्यायालयको फैसला: रञ्जन दैमारीलाई आजीवन कारावासको सजाय!

गुवाहाटी, २७ सितम्बर: गुवाहाटी उच्च न्यायालयले आज पूर्व विद्रोही समूह एनडीएफबी नेता रञ्जन दैमारीलाई आजीवन कारावासको सजाय सुनाएको छ। 

जानकारी अनुसार, उनीसँगै १० जना एनडीएफबी सदस्यलाई पनि अदालतले आजीवन कारावासको सजाय सुनाएको छ भने ४ जना सदस्यलाई दोषमुक्त घोषणा गर्‍यो अदालतले।

सन् २०१९ मा रञ्जन दैमारी लगायत १४ जना सदस्यलाई आजीवन कारावासको सजाय सुनाएको थियो CBI अदालतले। तर CBI अदालतको फैसलालाई चुनौती दिँदै गुवाहाटी उच्च न्यायालयमा मुक्तिको लागि आवेदन चढाएका थिए दोषीहरुले।

उल्लेखनीय छ, सन् २००८ को ३० अक्टोबरको भएको भयङ्कर बम विस्फोट घटनामा एनडीएफबी नेता रञ्जन दैमारी लगायत १४ जना सदस्यलाई दोषी ठहरिएको थियो अदालतले।

Post a Comment

Previous Post Next Post