आज नवरात्रीको पहिलो दिन घटस्थापना अर्थात् जमरा राख्ने दिन। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने गोर्खाहरुको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै शुरु भएको छ।
गोर्खाहरुले आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरे र त्यस पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरे।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ। यस कार्यलाई 'जमरा राख्ने पनि' भनिन्छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ।
सबैमा घटस्थापना अर्थात् जमरा राख्ने दिनको मंगलमय शुभकामना!
Post a Comment