Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

केन्द्रीय जनजाति मामिला मन्त्री अर्जुन मुण्डासँग भेटवार्ता गरे सांसद राजु विष्टले

नयाँ दिल्ली, २० सितम्बर: दार्जिलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टले आज केन्द्रीय जनजाति मामिला मन्त्री अर्जुन मुण्डासँग भेटवार्ता गरे।

उनले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताप्रति आफ्नो सङ्कल्प पत्रमा दिइएका वचनहरू पूरा गर्ने दिशामा आफ्नो प्रयासहरूलाई जारी राख्दै छुटेका ११ गोर्खा जात गोष्ठीहरू– मगर, नेवार, जोगी, खस, राई, भुजेल, थामी, गुरुङ, सुनुवार, याखा (देवान) अनि धिमाललाई जनजातिको रूपमा पुनर्शामेल गरिनु पर्ने मुद्दा सम्बन्धमा जनजाति मामिला मन्त्री अर्जुन मुण्डासँग कुराकानी गरेको कुरा बताउँछन्।

यता केन्द्रीय मन्त्री अर्जुन मुण्डाले यस दिशामा सरकारी प्रक्रिया चलिरहेको बताएका छन् भने केन्द्रीय मन्त्री अर्जुन मुण्डासँग यस प्रक्रियालाई तीव्रता प्रदान गर्ने दिशामा उठाउनु पर्ने कदम बारे विस्तृत विचार-विमर्श गरेको जानकारी दिए सांसद बिष्टले।

उल्लेख्य छ, हालै प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको केन्द्रीय मन्त्रिपरिषद्ले छत्तीसगढ, हिमाचल प्रदेश, कर्नाटक, तमिलनाडु र उत्तर प्रदेशका धेरै जनजाति समुदायलाई अनुसूचित जनजातिको श्रेणीमा समावेश गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।

Post a Comment

Previous Post Next Post