आज पवित्र विश्वकर्मा पूजा। सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुले आज मनाए विश्वकर्मा पूजा।
असोज महिनाको १ गते अर्थात् कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ। आजको दिन वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले यीनै देवताहरुका लागि शिल्प विशेषज्ञ र हरेक देवताका भवन निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता विश्वकर्मा बाबाको पूजाआजा गर्ने गर्दछन्। विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन्। आजको आधूनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप भारत लगायत भारतको छिमेकी मुलुकहरुको अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरु एकदमै सजिसजाउ अनि झकिझकाउ हुने गर्छदछन।
शास्त्रहरुका अनुसार, विश्वकर्मा ब्रह्माका पुत्र हुन, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन्। उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसँग भएको थियो।
विश्वकर्मा पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ। आजको दिन यातायातका साधनहरुको विशेष पुजा गर्ने गरिन्छ। तसर्थ आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन।
यता, असममा पनि प्रत्येक वर्षहरुझै यस वर्ष पनि शहर-गाउँ सबै ठाउँका कारखाना, ग्यारेज, उत्पादन प्रविधि स्थल र यातायात सवारी साधनहरुको आज पुजाआजा गरे हिन्दु धर्मावलम्बीहरुले।
सबैमा विश्वकर्मा पुजाको मंगलमय शुभकामना!
Post a Comment