Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

कवि गोपाल सिंह नेपाली को जीवन परिचय।

भारतका अब्बल दर्जाका कविहरु मध्ये गोपाल बाहादुर सिंह नेपालीको पनि स्थान उत्तिकै महत्वपूर्ण छ। आँफु गोर्खालीको छोरो हुँ भन्ने परिचय हराउँछ कि भन्ने सोचले आफ्नो नामको पछाडी उपनाम "नेपाली" लगायेको हो भन्ने कुरो बाहाकी कान्छी छोरी ड० सविता सिंह नेपाली बाटै थाहा लागेको हो।वाहाले आफुलाई नेपाली भनेर परिचय दियी नेपाली भाषी गोर्खाहरूले भारत माताको रक्षाको लागि  हर क्षेत्रमा आफ्नो सर्वोच्च बलिदान दिएका छन् भन्ने कुरा दर्शाएका छन्। उनको प्रकृत परिचय हामी धेरैले जान्दैनौं। स्वाभाविक हो न जान्नपनि हाम्रा अग्रजहरुले हामीलाई उनको बिषयमा कतैं उल्लेखनैं गरेनन्।हामीले उनको कविता कक्षा नौ मा हिन्दी बिषय लियेर पढ्दा भाई बहन कविता पढिउ अनि उनको परिचय बिहारमा उनि जन्मिएका हुन र बिहारीनैं हुन भन्ने सोचमा रहेउ।
योपनि साँचो हो भारतमा दार्जिलिङ, सिक्किम र असम बाहेक हिन्दी बोल्ने राज्य हरूमा बसोबास गर्ने भारतीय गोर्खालीहरूले आफूलाई नेपाली भाषी गोर्खा भनेर परिचय दिइन् खोजेनन् उनीहरू जहाँ बसे त्यहीको भाषा संस्कृतिले आफूलाई परिचय गराये अनि नाम लेख्दापनि आफ्नो नामको ठाउँमा आफ्नो थर अथवा सर नाम लेखेनन जस्ले गर्दा हामीले भारत माताकालागि सर्वोच्च बलिदान ‌दिने हाम्रा बिभुतिहरूलाई चिन्न सकिनौ। खोजी गर्नु परो।तर असम , सिक्किम र दार्जिलिङमा बसोबास गर्ने भारतीय गोर्खाहरूले आफ्नो भाषा संस्कृतिलाई संरक्षण गरे‌‌  अनि विकट परिस्थितिलाई पनि डटेर सामना गर्दे संगठित हुन सिके। त्यसैले आफ्नो भाषा ढुक्कसँग बोले दशैं तिहार मनाए नाम लेख्दा थर लेखे तर यो प्रक्रिया हिन्दी भाषी राज्यमा बसोबास गर्ने धेरैजसो दाजु-भाई दिदी -बहिनी हरूले गरेनन् जस्ले गर्दा आफ्नैं खूनलाई पनि हामीले चिनेनौं।येसैंका उदाहरण हुन् हाम्रा विभुति गोपाल सिंह‌ नेपाली उर्फ गोपाल बाहादुर सिंह थापा छेत्री पिता डम्बर बहादुर सिंह थापा छेत्री उर्फ रेल बाहादुर सिंह। बिहारको राज्यको चम्पारन जिल्ला अन्तर्गत बेतिया‌ गाउँमा १९११ सनको ११अगष्टका दिन स्वरस्वती देवीको कोखबाट जन्मिएका बालकको बचपना बाबा गोर्खा राइफल्समा हवल्दार भयेको नाताले फौजी छावनीमा बित्यो। मात्र ८ बर्षको उमेरमा आमाको निधन भएपछि उनलाई बाबाले बेतिया लियेर आए अनि बेतियाको राज स्कुलमा भर्ना गराये याहाबाट उनको स्कुलि सिक्षा प्रारम्भ हुन्छ। यस विद्यालयमा उनले महावीर सिंह बिरन जस्ता शिक्षक पाएँ जो एकजना प्रशिद्ध कवि थिऐ।त्यही बाट कविको काव्य प्रतिभा विकसित भयो। उनले आफ्ना कलिलो हाथले कलम समातेर लेख्न सुरू गरे।१९३० सनमा उनको पहिलो बाल कविता "भारत गगन के जगमग सितारे" बालक" पत्रिकामा छापियो।१९३१ सनमा "भूगोल तोता से" र "बन्दर मामा से" मोतिहारी बाट निस्किने मासिक पत्रिका "बालक"मा प्रकाशन भएका थिये।ई उनका बाल कविताहरू भये पनि कवितामा शब्दको चयन कलिलो मस्तिष्कको सोच, बिचारमा बग्ने प्रभावहरूले भविष्यमा हिन्दी साहित्य जगतको भन्डार भरिने आभास हुन्थ्यो।आमाको मृत्यु पश्चात आमाको अभाव उनले प्रकृतिलाई निहारे त्यसैले उनले‌ बन्दुको को परिभाषा भित्र नपसेर कलमको परिभाषामा आफूलाई सजाऐ अनि भारतलाई राष्ट्र प्रेमको पाठ पढाए।सायद यो प्रकृतिको देनैं थियो त्यसैले उनले आफ्नो कलम बाट निस्केको शब्दमा यसरी भने "यह हरी धुप की महिमा हैं    
मेरे हाथ में बन्दुक की जगह कलम हैं"।
१९३१ सनमा कलकत्तामा सम्पन्न भयेको कवि समारोहमा भाग लिइन पुग्छन्। त्याहाँ उनको परिचय अनेक कविहरु संग हुन्छ। २० बर्षे कविले मंचमा कविता पाठ गरेर धमाका ‌मचाई दिन्छन् ।१९३२ मा एलाहावाद शहरमा  द्वीवेदी अभिनन्दन समारोह आयोजन गरेको थियो र चुनिन्दा १५ जना कविहरू मध्ये गोपाल सिंह पनि परेका थिए त्याहा वरिष्ठ कथाकार प्रेमचन्द पनि उपस्थित थिए। मंचमा गोपाल सिंह को कविता वाचन सुनेर खुसिले उपरन्दैं के कविता आमाको कोखबाट सिकेर आयेका हौं भनेर उनलाई प्रश्न गरेका थिए। १५ जना‌ कविमा उनलाई सर्वश्रेष्ठ कविको रूपमा चयन गरिएको थियो।त्यही समारोहमा दुलारी लाल भार्गव संग उनको भेट हुन्छ अनि नेपाली जीलाई उनले "सुधा" नामक पत्रिकामा काम गर्न आमन्त्रण गरन्छन।१९३३मा उनी "सुधा"    पत्रिकाको सम्पादक पदमा नियुक्त हुन्छन् त्यही उनले "पंछी" नामक आफ्नो पहिलो काव्य संग्रहको प्रस्तुत गरेका थिए जसको भूमिका सुर्यकान्त त्रिपाठी निराला ले प्रस्तुत गरेका थिए।१९३४ मा गोपाल जी दिल्ली आये दिल्लीमा कथाकार रिसव चरण जैंन द्वारा सम्पादित "चित्रपट "साप्ताहिक पत्रिका को संयुक्त सम्पदाको पदमा रहेर काम गरे।त्यहिँबाट उनका दुई कृति "पंछि" र "उमंग" प्रकाशित भए। "उमंग" को भूमिका सुमित्रा नन्द पन्थले लेखेका थिए। "उमंग" मा रहेकाे नौका‌ बिहार कविता ‌वाहाको काव्य प्रतिभा र प्रगतिलाई रेखांकित गर्ने कविता हो।
 कवि भन्छन् --- जीवन में छण-छण कोलाहल  ज्येउ सुःख ज्येउ दुःख, सुख दुःख समान
आति‌ संध्या जाति बिहान।

प्रकृति र प्रेम ई दुवै गोपाल जीको काव्य कृतिमा बारम्बार आउँछन्।जहाँ प्रकृतिको अखन्ड सौन्दर्य र स्वर्गीम सौंदर्य माथिपनि कविताहरू लेखिएका थिए। "पंछी" उन्मुक्त प्रेम कथा काव्य हो, कविको प्रेम दृष्टि पंछिमा परिलक्षित हुन्छ।१९३५ मा गोपाल जी रतलाम जान्छन र  रतलाम टाइम्सको ४ वर्ष सम्म सम्पदाना गर्छन् । त्यहि उनीले  रागले भरियेको कविता यसरी कोरन्छन।

भीतर रोना बाहर हंसना
संगिनी जान गया हु में।
बादल काले ही होते हैं 
संगिनी मान गया हु में।

कविले वेदनालाई हजम गरि सकेका थिए, वेदनामा जुन शक्ति हुन्छ त्यो शक्ति उनीले पाठकवर्गहरुको अगाडी प्रस्तुत गरे।१९३९ को शुरूमा "योगी" पत्रिकाको सम्पादन विभागमा सम्बन्धित भये त्याहाँ उनले एउटा स्तम्भ तयार गरे "गोल घरके बुन्देरे में" यो पनि काफि लोकप्रिय भयो।याहां एक बर्ष सम्म पनि काम गर्न पायेनन उनको नियुक्ति आफ्नो जन्मस्थल बेतियामा रहेको राज प्रेसमा मेनेजर को पदमा  भयो।याहां उनले ५ बर्ष सम्म काम गरे।उनले आफैं बनायेको कवि "वासर" नामक संस्था लाई उनले विकशित गरे।१९४४ मा प्रेसमा गलत तरिकाले पैसा कमाउन्छन भन्ने‌ आरोप उनिमाथि लागेपछि ६० रूपियाँ जरिवाना तिर्नुपर्ने हुन्छ । याहाँ उनीलाई राजेन्द्र बाबुले उनको बिच बचाउ गरे।यस घटनाले उनी क्षुब्ध भए । उनको मनमा गहिरो चोट लाग्यो। असहनीय आरोप लाई मनमा बोकि रहेको बेलामा कविलाई मायाँ नगरी वंबई बाट एउटा कवि सम्मेलनमा भाग लिईन निम्तो आउँछ आफ्नो दुःखी ‌मनलाई बोकेर कवि मायाँ नगरी तिर लागे। यस मन्च मा उनले आफूलाई यसरी प्रस्तुति गरे उपस्थित कविहरु र दर्शकहरू बिच छाही रहे।उनको कवितामा चयनित शव्द हरू नादात्मक सौंदर्य ‌हुन्थ्यों अनि उनको सदियेको कन्ठबाट निस्केको ध्वनि लेनैं गोपाल जी कुनैपनि मन्चमा अनिवार्य कविको रूपमा उपस्थित हुन्थे।यस मन्चमा प्रस्तुत गरेको काव्य पाठ यति महत्वपूर्ण भयो कि उनलाई फिल्मी दुनियाँमा गीतकारको हैसियतमा अनुबन्धित गरियो।उनले ४००भन्दा बड़ी फिल्मी गीत लेखे तेसैले  गोपाल जीलाई फिल्मी जगतमा गीतौं का राजा पनि भनिन्छ।१९४५ सनमा मजबुर फिल्ममा फिल्माए को गीत यति महत्वपूर्ण भयो की वाहालाई सर्वश्रेष्ठ सिने गीत कारको सम्मान ले सम्मानित गरिन्छ।१९४९ सम्म वाहाले स्वतन्त्र गीतकारको रुपमा काम गर्न सुरु गरे अनि १९५६ सम्म गीत लेखि रहे।यसै क्रममा वाहाले नजराना,खुसबु जस्ता महत्वपूर्ण तिनवटा फिल्म पनि निर्माण गरे।गोपाल जीले आफ्नो जातियतालाई कहिले  भुलेनन् उनले‌ हिमालय नामले पहिलो नेपाली चलचित्र बनायेको कुरो हर जगाहमा उल्लेख पाइन्छ।  फिल्म निर्माण गर्दा उनको आर्थिक स्थिति डामाडोल हुन्छ। वमंइमा वाहालाई गीतकारको रुपमा अनुबन्धित गरेतापनि वाहाका  कविताहरू धर्मयुग र सप्ताहीक हिन्दुस्तान मा प्रकाशित हुन्थे। तेसैंले गोपाल जी पाठकहरूका बिचपनि उत्तिकै लोकप्रिय थिए।
१९४४ मा "निलिमा" र "नवीन "उनका दुईवटा काव्य संग्रह आये । तेस पश्चात १९६१ मा सातौं काव्य संग्रह "हिमालय ने पुकारा" प्रकाश भयो । यो कविता जन जागरूकताको कविता हो, राजनीति विमर्शको कविता हो राष्ट्रभाषा को मुद्दामाथि र भारतीय शासन व्यवस्थाको माथि चिन्ता व्यक्त गरेर लेखिएकाे कविता हो।यो कविता नेपाली जी लाईपनि प्रिय थियो दिनकर जी लाईपनि प्रिय थियों दीनकर जी हिमालयलाई जगाउने कुरा गर्दथे भने गोपाल जी ले हिमालयको माध्यम बाट सम्पूर्ण भारतलाई जगाउने काम गरे। चिनलाई चेतावनी दिदैं भने ---

हम सीस झुकायेंगे ना फरियाद सुनेंगे
जो हमसे लड़ेगा उसे बर्बाद करेंगे।

असम‌वासी जनताले उनको पुजा गर्नु पर्ने हो जवाहरलाल नेहरू ले छोडी सकेको  हाम्रो असम लाई बचाउन यसरी लेखे।

कह दो की हिमालय तो क्या पत्थर भी न देंगे
लद्दाख की तो बात क्या बंजर भी न देंगे
आसाम हमारा हैं रे मरकर भी न देंगे
हैं चिन लद्दाख का तो तिब्बत हैं हमारा
 चालीस करोड़ों को हिमालय ने पुकारा।

बिडम्वना हामीले कवि‌ गोपाल बाहादुर थापा छेत्रीलाई खोज्ने र चिन्ने प्रयासैं गरेनौं। हामीले उनलाई बिहारी नैं समझिउ। असम आन्दोलन ले हामीलाई विदेशीको छाप लगायो एआर सिमा पनि अनुरूप गर्ने कोशिश गरियो।हामीले भानुभक्त लाई चिनिउ असम राज्यमा उनको जन्म जयन्तीकादिन सरकारी  बन्द 
घोषणा गर्न असम सरकारलाई वाध्य गरायेउ तर असम बचाउँने हाम्रा पितृका लागि के गरिउ?
गोपाल जीले कविको स्वाभिमान यसरि रक्षा गरेका छन। 
हम धरती क्या आकाश बदलने वाले हैं
हम तो कवि हैं इतिहास बदलने वाले हैं।

भारतीय शासन व्यवस्था माथि यसरी आफ्नो भाव व्यक्त गरे----

राजा बैठे सिंहासन पर 
यह ताजौं पर आसीन कलम
मेरा धन हैं स्वाधीन कलम।

तुझ सा लहरौं में‌ बह लेता
तो मैं भी सत्ता गह‌ लेता
ईमान बेचता चलता‌ तो
मैं भी महलों में रह लेता
हर दिल पर झुकती ‌चली,मगर आंसू वाली नमकीन कलम
मेरा धन हैं स्वाधीन कलम।

गोपाल सिंह जस्ता क्रांतिकारी कवि  हाम्रालागी आज अति अनिवार्य भए उनले भने---
बदनाम रहे बटमार मगर 
घर तो रखवालौ ने लुटा
मेरी दूल्हन सी रातौं को 
नौ लाख सितारों ने लुटा।

अनि आफ्नैं बारे आफुलाई भनेका थिए

तुम कब समझोगे मेरे मन
मैं तो पूजा का एक सुमन।

नेपाली का गद्य रचनाहरू पनि छन "गोल घर के दर्शन" यो १९३१ मां प्रकाश भयेको हो ,"आगरे में दो दीन" यो उनको यात्रा वृत्तांत हो।उनका दुईवटा काहानी पनि पाईन्छ" "नारायणी नदी के मगर" यो साहसीक कहानी हो र अर्को " छप्पन छुरि"  यो प्रेम कथा हो।बिचमा उनका कृतिहरू हराएतापनि जनमानसको कन्ठमा गोपाल जीका कविता हरू सुरक्षित थिए।गोपाल सिंह‌‌ प्रेम का कवि हुन्, सौन्दर्यका कवि हुन्, विद्रोहका कवि हुन् युवा शक्तिलाई चिन्ने कवि  हुन् तेसरिनैं आफू प्रति इमान्दार रहने कवि हुन् र अरूलाई पनि इमानदारी बनाउन सिकाउने कवि हुन्। तेसैले उनि भन्छन् 

अफसोस नहीं इसका हमको,
जीवन में हम कुछ कर न सके,
झोलिया किसकी भर न सके
संताप किसी का हर न सके।
अपने प्रति स्वच्छ रहने का,
जीवन भर हमने यत्नं किया,
देखा देखी हम जीना सके,
देखा देखी हम मर ना सके।

कवि का पिता को प्रकृत  नाम डम्बर बहादुर थापा छेत्री भयेता पनि उनि रेलगाडी भित्र  जन्मिएकाले गर्दा उनलाई रेल बाहादुर सिंह भनेर जानिन्थ्यो र त्येहि नामले उ‌नि परिचित थिए। गोर्खाली समाजमा खशहरूले आफ्नो नामको पछाडी सिंह पनि लेख्ने गर्थे  बिहारी, पंजाबी, राजपुत हरूले पनि सिंह लेख्छन् जसले गर्दा गोपाल जीलाई उनि गोर्खाका छोरा हुन् भनेर‌  हामी‌बिच परिचय हुन गारो परेको हो भन्दा‌भूल हुदैंन।कविले नेपाली भाषा र हिन्दी भाषामा बरोबर कलम चलाउँथे भन्ने कुरो हिन्दी साहित्यकार हरूले बारम्बार भनी रहेतापनि आज‌सम्म नेपालीमा लेखिएका कृतिहरू हामीले पढ्न पाएँका छैंनो भन्दा कविको जीवन परिचय लेख्न जाँदा सुःख र दुःख शिर्षक मा लेखिएको एउटा कविता भेटियेको छ। गोपाल जीलाई नेपाल सरकारले  नेपालको नागरिकता लियेर नेपालमा यसो आरामले बस्न अनुरोध गर्दा नेपालको यो प्रस्ताव सोझैं नकारेको कुरो हिन्दी साहित्य कारहरूले भनेका छन। नेपालको नागरिकता स्वीकार न गरेकाले गर्दा नेपालको स्कुलि पाठ्यक्रममा रहेका उनका नेपाली रचनाहरू  नेपालको पाठ्य पुस्तक बाट हटाइएको हो भन्ने कुरा कति साँचा हुन यो हाम्रो लागि खोजी गर्ने बिषय हो।

ओ राही दिल्ली जाना‌ तो कहना अपने सरकार से,
चरखा चलता हैं हाथों से
शासन चलता है तलवार से।

उनको जीवन को आखिरी मोड र दिलचस्प मोड यही थियो १९६२सनको भारत -चिन युद्ध।यस युद्धमा भारतका जनतालाई एकत्रित भएर चिनसंग लड़न  उनले कविता लेखे यही कविता हो हिमालय ने पुकारा।यो  कविता आकाशवाणी ले पढ्न मना गरो, ठुला-ठुला समाचार पत्रले यसलाई प्रकास गर्न मना  गरो । तर उनले हार मानेनन् उनले भारतीय शासन व्यवस्था र पत्र कारीताको दुनिया लाई प्रत्यावान जनाउदै भने "अहिंसाको नाममा राष्ट्रलाई नपुंसक बनाईयो" भन्दैं नेपाली हिडे झोला बोकेर बमंइ देखी भागलपुर।
भागलपुर आएर गल्ली-गल्ली ,महोल्ला-महोल्ला पसेर यो कविता गाए कवि सम्मेलन मा गए जनतालाई जगाउने काम गरे।उनको कविता ले भारतका जनतामा जनजागरण र फौजी दाजुभाई हरूमा जोस पैदा गरेको कुरो चिनले थाहा पाए पश्चात उनलाई चिन को रेडियो पेचिडले धम्की दिइन् थालेको समाचार वाहाका पुराना भित्र रवीट पुष्प स्वले थाहा पाउँछन् र कवि संग भेट गरि भन्छन् चिनले तिमिलाई धम्की दिदैं छ तिम्रो ज्यानलाई खतरा हुन सक्छ तिमी यसो नगर भन्दा उनी भन्छन "हवल्दार का बेटा हु बाप का हाथ में बन्दुक था मेरे हाथ में कलम है"  दुश्मन से कैसे डरना। आफ्नो सरकार ले त मलाई पद्म भूषण, पद्म विभूषण दिएन तर दुश्मन देशले मलाई धम्की को उपहार दियो यो मेरो लागि सरकारी उपकार भन्दा कुनैं कमि होइन भन्दै हाँस्दै अघि बढ्छन्।१७ अप्रिल १९६३का दिन    कवि सम्मेलन बाट घर फर्कन्दा भागलपुर रेलवे स्टेशनको २ नं प्लेटफर्म मा कविको आकस्मिक निधन हुन्छ।
पाँच छोरा दुई बहिनी छोरीका धनि बाउले आफ्नो मृत्युको समयमा उनिहरूलाई आफ्नो छेउमा पाएनन्,धर्म पत्नी सरस्वती देवीले गोपाल जीले भरिदिएको सिउँदो को सिन्दुर ,गलामा लगाइ दिएको पोते र हातमा लगाईरहेका चुरा फुटाएर आफ्नो श्रीमानको‌ छातिमा राख्न पाइनन् छोराहरूले बाबुको छातिमा एक मानो चामल राखेर पार्थिव शरीरलाई काँध लगाउन पाएनन्। याहा मलामी अरूनैं थिए उनको प्रार्थिव शरीर अगाडी रूने सारा बिहारका जनता थिए तर आफ्ना कोई थिएनन् । प्रर्थिव शरिरमा मुखाग्नि दिने पाँच जना साहित्यकारहरु थिए। कुनैपनि बाउ आमाको यो अन्तिम इच्छा हुदैंन आफ्ना हुँदा हुँदै उसको लासलाई  आफ्नाले छोडेर अन्य कसैले दाग बाति दिउस । तर गोपाल जी संग यो घटना घट्यो।उनको यो विडम्बना थियो, लाचारी थियो , गरिवी थियो पत्नी सरस्वती संग वमंइ देखी भागलपुर सम्म  आउने बाटो खर्च थिएन् 
बिहार सरकारले राजकीय सम्मान को साथ देशको झन्डामामा बेरेर उनलाई अन्तिम श्रद्धाञ्जली त अर्पण गरो तर नेहरू सरकारले  ले र बिहार सरकारले एकजना वीर गोर्खाली पुत्र माथि घोर अन्याय गरे। सौतेनी आमा को ब्यवहार गरे। उनको मृत्युको पछि गभीर षड्यन्त्र भएको को कुरो वाहाकी कान्छि छोरी   ड०सविता सिंह जीले बताउनु भएको छ।यसको प्रतिवाद भारतमा बस्ने नेपाली भाषी भारतीय गोर्खाहरूले बोल्नु पर्छ।कवि गोपाल सिंह जी र कवि हरिभक्त कटुवाल जी भारतीय गोर्खाली समाजका तारा हुन स्वाभिमान हुन। कट्वाल जीलाई त हामी सम्झन्छौ तर गोपाल जी लाई हामीले बिर्सेएका छौं। गोपाल जी हाम्रा ढाल हुन हामी तरवाल बन्नौ।दुवै कविका जन्म   जयन्ती भव्यताका साथ मनाउने गरौं र भारतीय शासन व्यवस्था लाई भनौं हामीलाई अरू कुनैं देश संग जोडने कोशिश नगर हाम्रा पुर्खाहरूले यो देशको लागि यसरिनै आफ्नो जीवन भारतमा मातालाई अर्पण गरेका छन् हामी इनैंका सन्तान हौं।
गोपाल जी माथि अन्याय भएको छ नेपाली भाषी गोर्खाली साहित्यकार हरूलाई उनको जीवनीमाथि बिभिन्न भाषामा कलम चलाउन म अनुरोध गर्दछु। असममा गोपालसिंह नेपाली लाई साहित्यको दृष्टि बाट चिनाउने पहिलो साहित्यिक  हुन वैद्यनाथ उपाध्याय जी र सविता दिदी‌संग‌ भेट गर्ने र उनीहरू गोर्खाली रछन भन्ने जानकारी भाइ अमृत भन्डारीबाट पाए। वैद्यनाथ जी बाट म प्रेरित भये र  सांगठनिक रूपमा कदम चालदैं असम नेपाली साहित्य सभा ओदालगुडी शाखा समितिका भूतपूर्व मूल सचिव मोहन राउत भाइलाई कवि जी को जन्म जयन्ती मनाउ भन्दा सानो प्रकारले‌ भए पनि अंरेजी २०१९ सनमा गोलमा गाउँ हाईस्कूलमा पहिलो पटक असममा कविलाई श्रध्दान्जली चढाइन्छ।यस पछि २०२० मा मैंले बीटीआर गोर्खा ‌समाजको सचिव प्रधानको दायित्व लिए पश्चात् "नयाँ सोच नयाँ खोज "को नारा दिदैं २०२१‌ को ११अगष्ठका दिन बास्का जिल्ला अन्तर्गत नाग्रीजुली स्थित गोपिनाथ बरदलैं हाई स्कुल प्रांगणमा असमका वरिष्ठ साहित्यक तारापति उपाध्यायको बाहुलीबाट श्रध्दान्जली ,असम गोर्खा सम्मेलन का उपदेष्ठा कुवेर छेत्री द्वारा द्वीप प्रज्वलन र वैद्यनाथ उपाध्याय द्वारा कविको जीवनीमाथि दृष्टि आलोकित भव्यताका साथ सम्पन्न गरिन्छ ।
गोपाल सिंह जीको जीवनको चर्चा गर्दा उनको आत्मा असम र अरूनाचल संग सदैव जोडिएको हुन्छ । भारत र चिनको बिचमा भएको युद्ध को मूख्य कारण अक्साई चिन र अरूनाचल प्रदेशको सीमावर्ती क्षेत्रको सम्प्रभुतालाई लियेर भयेको हो।यसको छिमेकी राज्य असम भएको हुनाले यो मुद्दा असम संगपनि जोडिएको हुन्छ। नेहरूले असमलाई छाडि सकेका थिए यही वेदनामा वीर गोर्खाको पुत्र को कलम बाट हिमालयने पुकारा जस्तो देश प्रेम कविता जन्मियो जहाँ "असम हमारा हैं रे मरकर भी न देंगे "भनेर उनले बिहार बाटैं अलग जगाये।तेसैले हामी असम मा बसोबास गर्ने गोर्खाली समाजको दायित्व बन्छ, हक बन्छ कवि प्रति भारत सरकारले गरेको अपमानको विरुद्ध  आवाज उठाउने र उनको सम्मानको लागि भारत रत्नको माग राख्ने।बीटीआर गोर्खा समाजले यो आवाज आफ्नो मंचमा उठाई सकेको छ।
कविका ५ भाई छोरा मोहन,सुमन, राजेन्द्र ,नकुल र सहदेव र दुई छोरी लक्ष्मीरानी र ड० सविता सिंह नेपाली हुन।छोरा सवैंको देहान्त  भएको छ र दुई छोरी जीवितै हुनुहुन्छ। लक्ष्मीरानी मुवंइ मा र कान्छी छोरी बिहार मा।कविलाई‌ बिहारी जनताले अगाध प्रेम गर्छन् भने हामीपनि चिन्हारीको खोजीमा न भौंतारिएर हामीलाई चिनाउने व्यक्तित्वको खोजीमा लाग्यौँ र आफूलाई सुरक्षित पारौं । हामीलाई गणतन्त्रात्मक लड़ाई लड्ने हतियार हाम्रा पुर्खाहरूले छाडेर गएका छन् केवल हामी एकमुष्ट हुन जरूरी छ।
 धन्यवाद् 


दीपक निरौला,बडिगाउ जंगल,ओदालगुडी,बीटीआर ,असम।
985444009
(१)साभार  डा० सविता सिंह नेपाली
(२) ‌         डा० सतिस चन्द्र गुप्ता
(३)।                उत्कर्ष आनन्द

Post a Comment

Previous Post Next Post