Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले केन्द्रीय कार्यालयमा दही चिउरा खाएर मनाए असार १५

दार्जिलिङ, २९ जुन: आज असार १५ अर्थात् दही चिउरा खाने दिन। समग्र विश्वका गोर्खाहरुले आज परम्परा अनुसार खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाए असार १५। 

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले पनि आफ्नो संस्कृति अनि परम्परालाई कायम राख्दै आज दार्जिलिङस्थित केन्द्रीय कार्यलयमा दही चिउरा खाएर असार १५ मनाएको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। जानकारी अनुसार, गोरामुमो अध्यक्ष मन घिसिङको उपस्तिथिमा गोर्खा राष्ट्रिय नारी संगठनको आयोजनामा आज असार १५ मनाइएका हो।

केन्द्रीय समिति सदस्या मणिकला तामाङले प्रेस बिज्ञप्ति जारी गर्दै भनिन्- आज असार १५ हो, दही चिउरा खाएर रोपनी गर्ने दिन। भारत देश कृषिप्रधान देश हो आजको दिन कृषकहरुले दही चिउरा खाएर खेतमा धान रोप्ने परम्परा छ। आफ्नो संस्कृति परम्परालाई बचाउन गोरामुमो संस्थापक अध्यक्ष सुबास घिसिङले असार १५ मनाउने गर्थे। यसलाईनै निरन्तरता दिदै अध्यक्ष मन घिसिङको निर्देशनमा आज हामीले असार १५ मनाएको हो। गोर्खा जाति भनेको  संस्कृति, परम्पराको धनी हो यसलाई तपाईं हामीले बचाउनु पर्छ। संस्कृति अनि परम्परा बाँचे जाति बाँच्छ यसकारण तपाईं हाम्रो प्रयासले हामीले संरक्षण गर्न सक्छौं भनी मणिकला तामाङले जनाएकी छन्।

Post a Comment

Previous Post Next Post