मणिपुर, ३० जुन: मणिपुरमा पहिरोको चपेटामा परी ४ गोर्खा जवानको मृत्यु भएको छ।
जानकारी अनुसार, बुधबार मध्यरातमा मणिपुरको नोनी जिल्ला अन्तर्गत तुपुल रेलवे स्टेशन नजिकै तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मी बीएन (११ गोर्खा राइफल)-को एक कम्पनी स्थानमा पहिरो खसेेर गोर्खा जवानसहित ७ जनाको मृत्यु भएको छ भने हालसम्म १३ जना घाइते सेना जवानलाई उद्धार गरिएको छ। पहिरोको चपेटामा परी अझै २४ जना सेना जवान बेपत्ता भइरहेको थाहा लागेको छ।
यता, पहिरोको चपेटामा परी ज्यान गुमाउने गोर्खा सेना जवानहरु दार्जिलिङबाट ५ जना, नगरकट्टाबाट १ जना अनि सिक्किमबाट १ जना रहेको जान्नमा आएको छ।
भर्खरै सञ्चार माध्यमहरुमा प्रकाशित खबर अनुसार, पहिरोको चपेटामा परी खरसाङको रोहिणी गैरी गाउँ निवासी हवलदार मिलन तामाङ र दार्जिलिङ निवासी दिवाकर राणा र मिरिक निवासी लाडुप तामाङको पनि ज्यान गएको छ।
यता, मणिपुरको नोनी जिल्लाको रेलवे निर्माण स्थलमा यसरी ठूलो पहिरो खसेपछि स्थानीय र उत्तरपूर्वी सीमावर्ती रेलवे (एनएफआर)-का पनि कर्मचारीसहित कम्तीमा ६० जना बेपत्ता भइरहेका छन्। उक्त घटना पछि नै आज बिहानदेखि उद्धार अभियान जारी राखिएको खबर प्राप्त भएको छ।
Post a Comment