दार्जिलिङ, २६जुन: आइतबार गोर्खाल्याण्ड क्षेत्रीय प्रसाशन (GTA) -को दोस्रो चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
प्राप्त तथ्य अनुसार, दार्जिलिङ पहाडमा लगभग १० वर्षपछि सम्पन्न भएको दोस्रो जीटीए चुनाउमा मतदाताहरुले कूल ५९.४ प्रतिशत मतदान गरेका छन् भने दार्जिलिङमा ५५.१० प्रतिशत, खरसाङमा ६१.१० प्रतिशत अनि कालेबुङमा ६२.०३ प्रतिशत मतदान भएको थाहा लागेको छ।
जीटीएको कूल ४५ वटा आसनको निम्ति भएको चुनाउमा जीटीए चुनावमा सक्रीय अनि प्रत्यक्ष रूपमा पहाडको नवगठित दुइवटा प्रमुख राजनैतिक दल क्रमशः अनित थापा नेतृत्वको 'भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा' अनि अजय एडवार्ड नेतृत्वको 'हाम्रो पार्टी' बिच नै टक्कर हुने सम्भावना प्रवल छ।
स्मरण रहोस्, यस भन्दा अघि २०१२ मा पहिलो पटक जीटीए सभाको चुनाव सम्पन्न भएको थियो भने बिमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले एकपक्षीय जीत दर्ता गरेको थियो। तर १० बर्षपछि बिमल गुरुङ आफै फ्रेममा छैनन्।
Post a Comment