दार्जिलिङ, २२ जुन: आगामी २३ जुनको दिन कोलकाता उच्च न्यायालयले जीटीए चुनाउ माथि फैसला सुनाउने भएको छ।
मंगलबार जीटीए चुनाउ माथि सुनवाइ थियो भने जीटीए चुनाउ माथि कोलकाता उच्च न्यायालयले के फैसला सुनाउने छ भनेर पहाडवासी प्रतीक्षारत थिए। तर मंगलबार कोलकाता उच्च न्यायालयले ठोस कुनै फैसला सुनाएन्।
थाहा लागे अनुसार, कोलकाता उच्च न्यायालयले भोलि अर्थात् २३ जुनको दिन आफ्नो अन्तिम फैसला सुनाउने छ। मंगलबारको सुनवाइमा उच्च न्यायालयले राज्य र केन्द्र सरकारलाई जीटीए चुनाउ सम्बन्धमा आज एफिडेभिट बुझाउन भनेको छ।
स्मरण रहोस्, गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन थापेपछि लगत्तै यसको संवैधानिकतालाई चुनौती दिँदै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुवास घिसिङले न्यायालयमा मुद्दा हालेका थिए, जुन मुद्दा अझै विचाराधीन छ भने राज्य सरकारले आउँदो २६ जुनको दिन जीटीए चुनाउ हुने घोषणा गरेपछि सँगसँगै तयारी धमाधम शुरू भएको छ भने गोरामुमोका वर्तमान अध्यक्ष मन घिसिङले जीटीए चुनाउ र जीटीएको वैधानिकता माथि चुनौती दिँदै केही दिन अघि पुनः अर्को मुद्दा हालेका थिए, ती मुद्दा माथि नै मंगलबार पुनः कोलकाता उच्च न्यायालयले सुनवाइ गरेको हो।
Post a Comment