Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आज विश्व योग दिवस | विश्व योग दिवस कहिले देखि अनि किन मनाइन्छ? | योगले के के फाइदा गर्दछ?

आज २१ जुन अर्थात् विश्व योग दिवस। आज समग्र विश्वमा विभिन्न कार्यक्रमका साथ धुमधाामले विश्व योग दिवस मनाइँदै छ। विश्व योग दिवस हरेक वर्षको २१ जुनको दिन मनाउने गरिन्छ भने यस वर्ष ‘मानव जीवनका लागि योग' भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव दिएका थिए। उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। सङ्घले घोषणा गरेका दिवस मध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ र सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्ववासीले मनाउदै आएका छन्।

शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत योगलाई लिइएको छ। यो दिवस व्यक्तिगत शान्ति र स्वास्थ्य बिना विकास र समृद्धि सम्भव नभएको भन्दै मनाउन थालेको हो। योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने योग गुरुले जानकारी दिएका छन्। पतञ्जलिले भनेको छ, ‘चित्त वृत्तिको निरोध नै योग हो’। योगले चित्त र वृत्तिलाई ठिक बाटोमा डोर्याउने योग गुरुहरुको भनाइ छ।

योगले के के फाइद गर्दछ:
१. स्वस्थ जीवन।
२. कार्यक्षमतामा वृद्धि।
३. चिन्ताबाट छुटकारा।
४. मानसिक शान्ति।
५. रोग प्रतिरोध क्षमतामा वृद्धि।
६. तन, मन र आत्माबीचको लयात्मकता।
७. अनावश्यक विचारबाट मुक्ति।
८. सकारात्मक सोचको विकास।
९. ऊर्जाको केन्द्रिकरण।
१०. आन्तरिक शक्तिको सञ्चार।
११. आफ्नो परिस्थितिलाई सही रुपमा विश्लेषण गर्ने क्षमताको वृद्धि।
१२. आत्म ज्ञान प्राप्ति।

त्यसैले आउनुहोस् नियमित रूपमा योग गरौं अनि स्वस्थ्य रहौं। अन्त्यमा सबैमा विश्व योग दिवसको शुभकामना!

Post a Comment

Previous Post Next Post