Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

गोर्खा समूदायसँग बिना सर्त माफी माग्यो अखिल भारतीय महिला सम्मेलन(AIWC)ले

गुवाहाटी,१६ जुन: अखिल भारतीय महिला सम्मेलन (AIWC)-ले आज भारतीय गोर्खा समुदायसँग आफ्नो संस्थाकी सदस्य चन्द्र प्रभा पाण्डेले गरेको बिल्कुल असंवेदनशील बयानको लागि बिना सर्त माफी मागेको छ। उक्त संस्थाले राष्ट्र निर्माणमा गोर्खाहरुको योगदानको कदर गर्दै गोर्खा समुदायसँग माफी मागेको छ।
उल्लेख छ, हालै अखिल भारतीय महिला सम्मेलन (AIWC) की सदस्य चन्द्र प्रभा पाण्डेले आफ्नो संस्थाले आयोजना गर्ने 'आजादी का अमृत महोत्सव' समारोहमा नेपाली भाषाको प्रदर्शनलाई अस्वीकार गर्दै नेपाली भाषालाई गैर-भारतीय भाषाको संज्ञा दिएकी थिइन्। सामाजिक सञ्जालमा कालेबुङकी अरुणा प्रधानले महिला सम्मेलनकी कार्यकारिणी सदस्य चन्द्र प्रभा पाण्डेसित यसको कारण जान्न चाहँदा चन्द्र प्रभा पाण्डेले तिनको गुनासो सुन्नुको साटो दार्जिलिङ, कालेबुङ क्षेत्रका कलाकारहरुले स्वतन्त्रताको ७५ औं वर्षको उपलक्ष्यमा सम्पन्न हुने समारोहमा नेपाली भाषामा प्रस्तुति दिन नसक्ने बताएको रेकर्डिङ पनि सार्वजनिक भएको छ।
यता, दार्जीलिङका सांसद राजु बिष्ट, सिक्किमकी पूर्व सांसद, खरसाङका विधायक बी.पी. बजगाईं, दार्जीलिङ पहाडका विभिन्न राजनैतिक दलका राजनीतिज्ञहरू, भारतीय गोर्खा युवा परिसङ्घ, सिक्किम विश्वविद्यालयको नेपाली विभाग, विभिन्न साहित्यकार, पत्रकार, बुद्धिजीवीवर्ग, सिक्किमका केही राजनीतिज्ञहरू र सिक्किममा केही गैर सरकारी संस्थाहरुले पनि उक्त मामिलाको खण्डन गर्दै सम्मेलनकी अध्यक्षा शिला काकड़ेलाई पत्र पठाएर बिना सर्त क्षमा माग्नु पर्ने माग पनि गरेका थिए।

Post a Comment

Previous Post Next Post