Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

लखिमपुरमा Gorkha Talent Search Examination आयोजन गर्ने आग्सुले

लखिमपुर, ०७मई: अखिल असम गोर्खा छात्र संघ, लखिमपुर जिल्ला समितिको उद्योगमा Gorkha Talent Search Examination सम्पन्न हुने थाहा लागेको छ।

जानकारी अनुसार, आगामी ०८ मईको दिन लखिमपुर जिल्लाभित्र कूल १० वटा परीक्षा केन्द्रमा सम्पन्न हुनेछ Gorkha Talent Search Examination। 

उक्त परीक्षामा लखिमपुरका कूल ६०० भन्दा अधिक परीक्षार्थी सहभागी हुने बताएका छन् अखिल असम गोर्खा छात्र संघ, लखिमपुर जिल्ला समितिले।

यता, अखिल असम गोर्खा छात्र संघ, केन्द्रीय समितिका सभापति अर्जुन छेत्री, शिक्षा विभागका सदस्य लेखनाथ शर्मा र लखिमपुर जिल्ला समितिका सभापति दिपक नेवारले Gorkha Talent Search Examination मा सहभागी हुने परिक्षार्थीहरुलाई अग्रिम शुभकामना व्यक्त गरेका छन्।

Post a Comment

Previous Post Next Post