Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह गोलेसित भेटवार्ता गर्‍यो अगोसको एउटा टोलीले

गुवाहाटी, ०५ मई: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेसित आज सौहार्दपूर्ण भेटवार्ता गर्‍यो असम गोर्खा सम्मेलनको एउटा टोलीले।

जानकारी अनुसार, गुवाहाटीको होटल विवान्तामा भएको भेटवार्तामा अगोसको टोलीले आउँदो १५, १६ अनि १७ मईमा तीनदिवसीय भव्य कार्यक्रमका साथ बाक्सा जिल्लाको निकासीमा हुनगइरहेको असम गोर्खा सम्मेलनको ऐतिहासिक २७ औं त्रैवार्षिक अधिवेशनमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह गोलेलाई निमन्त्रणा गर्दछ।

उक्त टोलीमा अगोसका कार्यकारी सभापति कृष्ण भुजेल, बीटीसी क्षेत्रीय समितिका सभापति दिलु शर्मा र मूल सचिव पिताम्बर पाठक लगायत स्वागतकारिणी समितिका कार्यकर्ताहरु सामेल थिए।

उल्लेख छ, असम गोर्खा सम्मेलनको २७ औं त्रैवार्षिक निकासी अधिवेशनमा असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा र बीटीआर प्रमुख प्रमोद बडो पनि उपस्थित हुनेछन्।

Post a Comment

Previous Post Next Post