दार्जिलिङ, २८ मई: पहाडका विभिन्न दलले जीटीए जुनाउको विरोध गरिरहेको बेला शुक्रबार पश्चिम बंगाल सरकारले जीटीए चुनाउको अधिसूचना जारी गरेको छ। अधिसूचना अनुसार, जीटीए चुनाउको मतदान आउँदो २६ जुनको दिन बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म सम्पन्न हुनेछ। यता जीटीए चुनाउका लागि नामांकन बुझाउने अन्तिम मिति आउँदो ३ जुन रहेको छ भने ४ जुनका दिन स्कुटिनी हुनेछ र नामांकन फिर्ता लिने अन्तिम मिति ६ जुन रहेको छ। यता जीटीए चुनाउको मतगणना २९ जुनका दिन हुनेछ।
अर्कोतर्फ, पहाडका धेरैजसो दलहरुले जीटीए चुनाउको विरोध जनाएको छ भने बंगाल सरकारले पहाडका जनाकाङक्षा विरुद्ध जवर्जस्ती जीटीए चुनाउ गराउन खोजिरहेको आरोप पनि उठिरहेको छ।
यता, गत बुधबारदेखि जीटीए चुनाउको विरोधमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ आमरण अनसनमा बसेका छन्। उनको अवस्था पनि दिनप्रतिदिन अधिक गम्भीर बन्दै गएको थाहा लागेको छ।
Post a Comment