गुवाहाटी,२९ मई: आइतबार गुवाहाटीको पल्टन बजारस्थित गोर्खा एम ई स्कुल प्राङ्गणमा असम नेपाली साहित्य सभा कामरूप जिल्ला समितिको कार्यकारिणी सभा सम्पन्न हुन्छ।
जानकारी अनुसार, कामरूप जिल्ला समितिका सभापति डा. कालिदास शर्माको सभापतित्वमा सम्पन्न भएको सभामा मुख्य अतिथिको रूपमा अनेसास केन्द्रीय समितिका सभापति दुर्गा खतिवडा पनि उपस्थित थिए। जिल्ला समितिका मूल सचिव विकास छेत्रीले सबै अतिथिवर्गलाई आसन ग्रहण तथा स्वागत गरेपछि सभापतिले सभाको उद्देश्य व्याख्या गरे।
उक्त सभामा सभामा अनेसास कामरूप जिल्ला समितिले आफ्नो मुखपत्र प्रकाशित गर्ने निर्णय लिएको छ। यसका साथै सभामा शाखाहरूको नविकरण र नयाँ शाखा समितिको गठन आदि विभिन्न विषय माथि छलफल हुन्छ। सभामा केन्द्रीय समितिको तर्फबाट सभापति दुर्गा खतिवडा लगायत उप सभापति डा. ईन्दुप्रभा देवी, शिक्षा सचिव डा. खगेन शर्मा जिल्ला उप सभापति डा. देवेन सापकोटा, सल्लाहकार गोपाल शर्मा, कार्यकारी सभापति रूपलाल उपाध्याय लगायत जिल्ला समितिका पदाधिकारीवर्ग तथा विभिन्न शाखाहरूका सभापति मूल सचिवको उपस्थिति रहेको थियो।
Post a Comment